काेहलपुर नगरपालिकाद्वारा एक महिने ड्राइभिङ तालिम सुरू

कोहलपुर ।

कोहलपुर नगरपालिकाले एक महिने महिलाहरुलाई ड्राइभिङ तालिम सुरु गरेको छ । कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गरी एक महिने महिलाहरुलाई ड्राइभिङ तालिम सुरु गरिएको हो । एकल पिछडिएका, विपन्न महिलाहरुलाई सिपमुलक तालिम प्रदान गरि आत्मनिर्भर बनाउने उद्देश्यका साथ यो तालिम सुरु गरिएको हो ।

उद्घाटन गर्दै आचार्यले महिलाहरुलाई व्यवसायिक र व्यपहारिक रुपमा सक्षम बनाई जिवनस्तर बृद्धि गर्नका लागि तालिम दिन सुरु गरिएको बताए । ‘तालिम प्राप्त गरी लाइसेन्स प्राप्त गर्ने वित्तिकै नगरपालिकाले पहिलो प्राथामिकतामा राख्नेछ’ उनले भने, ‘त्यसको लागि नगरपालिकाले रोजगारीको व्यवस्थापन गर्नेछ ।’ कोहलपुर नगरपालिकाले विभिन्न विपन्न वर्गका तालिमहरु लिएका व्यक्तिहरुलाई रोजगारीका लागि पहल र समन्वय गरी व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै उद्घाटनमा बोल्दै नगर उपप्रमुख संगिता सुवेदीले महिलाहरुलाई आत्मनिर्भर बनाउन विभिन्न तालिमहरु दिइरहेको बताइन् । ‘महिलाहरु आफैमा सक्षम हुन् भन्ने उदाहरण पेश गर्छौ, उनले भनीन्, ‘यो तालिमबाट उत्पादन भई लाइसेन्स प्राप्त गरेपश्चात रोजगारीको ग्यारेण्टी नगरपालिकाले लिनेछ ।’ महिलाहरुलाई सक्रिय बनाउनका लागि विभिन्न किसिमका तालिमहरु पालिकाले सञ्चालन गर्दै आइरहेको उपप्रमुख सुवेदीले बताइन् ।

यस्तै तालिममा कोहलपुर १२ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाह, ८ का वडाध्यक्ष लाल बहादुर राना, सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विक, प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, बोहरा ड्राइभिङ ट्रेनिङ सेन्टरका प्रबन्धक देवीलाल बोहरा लगाएतको सहभागिता रहेको थियो । तालिममा कोहलपुर नगरपालिकाका प्रति वडाबाट २ जनाको दरले ३० जनाको सहभागिता रहेको छ भने तालिम बोहरा ड्राइभिङ सेन्टरले सञ्चालन गरेको छ । यो तालिम ३० दिनसम्म चल्नेछ ।

तस्विर साैजन्य : उप प्रमुखकाे सचिवालय काेहलपुर