Kohalpur Today Header Ads

कोहलपुरमा वडा अध्यक्षको कार्यकक्षमा तोडफोड




कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरि कठायतको कार्यकक्षमा तोडफोड भएको छ । बिहिबार दिउसो करिब १२ : ३० बजेको समयमा कार्यकक्षमा तोडफोड भएको वडा अध्यक्ष कठायतले बताएका छन् ।

बिहान मलाई ज्यान मार्ने धम्कीको फोन आएको थियो तर एक्कासी दिउसो कार्यकक्षमा तोडफोड भयो । वडा अध्यक्ष कठायतले कोहलपुर टुडेसंग कुरकानी गदै भने, अहिले शंका लागेका तीन जना व्यक्तिहरुलाई सोधपुछ भइरहेको छ ।

LIfe Ok

तर के कारणले तोडफोड गरेका हुन् भनी एकिन हुन नसकेको वडा अध्यक्ष कठायतले कोहलपुर टुडेलाई जानकारी दिए । अहिले थप अनुसन्धानका लागि प्रहरी पुगेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ पुस ७ गते बिहीबार