कोहलपुर ।
कोहलपुर नगरपालिका २ मा लालपूर्जा वितरणको अन्तिम चरणमा रहेको छ । कोहलपुर नगरपालिका वडा नं. २ का अध्यक्ष हरि कठायतले लालपूर्जा वितरणको अन्तिम चरणमा पुगेको बताएका छन् ।
कठायतले ४ टोलका डिजिटल नक्सा तयार गरी भेरिफिकेशन समेत भइसकेको र अन्य टोलमा नापको काम सुरु भइरहेको छ । काठमाडौं नापी कार्यालय र भूमि आयोगमा गई डिजिटल नक्सा ल्याई फिल्डबुकको तयारी गरिरहेको वडा अध्यक्ष कठायतले बताए । भेरिफिकेशन गरी फिल्डबुक तयार हुने छ, साेही अनुसार लालपूर्जा वितरण गर्न अध्यक्ष कठायतले कोहलपुर टुडेलाई जानकारी दिए ।

यस्तै कोहलपुर नगरपालिकाका अमिन गोविन्द केसीले वडा नम्बर २ मा ४ वटा टोलहरुमा फिल्डबुक बनाउने तयारी भइरहेको छ भने अन्य टोलहरुमा नाप्ने काम जारी छ सोही अनुसार फिल्डबुक बनाउने तयारी हुने बताए ।
आइतबार सम्म ३३ सय ५० कित्ता नापी सकेको छ भने अन्य थप अझै नापी गरिरहेका छौं । अबको एक महिनामा सबै काम सम्पन्न हुने अमिन केसीले बताए ।

कोहलपुर २ का स्थानीय बासीहरुले निकै खुसी भएको स्थानिय बासी जगन्नाथ गौतम बताए । हामीलाई लालपूर्जा पाउनका लागि भोट हालेका थियौं । त्यो आश अहिले पुरा हुने उनले विश्वास व्यक्त गरे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्