कोहलपुर ।
के तपाईलाई अल्छी लाग्छ ?, पढ्न मन लाग्दैन ?, पढ्यो पढ्यो विसिन्छ ?, धेरै रिस उठछ ? र व्यक्तित्व विकास र मनोचिकित्साको लागि एनपिएल टेनिङ्ग इम्स दपर्ण कम्प्यूटरमा सञ्चालन भइरहेको छ । इम्स दर्पण कम्प्यूटर इन्च्यिूटले गत शुक्रबारदेखि टेनिङ्ग सञ्चालन गर्दै आइरहेको छ । एनएलपीका मनोचिकित्सा विद् छवि अधिकारीले आधा घण्टामा नै अल्छी लाग्ने, पढ्न मन नलाग्ने, पढ्यो पढ्यो विसिने, धेरै रिस उठने लगायत अन्य व्यक्तित्व विकास र आफूमा भएका समस्यालाई सहजै समाधान गर्ने सक्ने दावी गर्छन् ।
अधिकारीले आफ्नो जन्म पोखरा भएको र पहिले विद्यालयमा अध्यापन गराउर्थे पछि उनले भारतमा गई विभिन्न क्षेत्रमा रिसर्च गरी आफूले अहिले विश्वका १९ देशहरुमा सेवा प्रवाह गरिरहेको कोहलपुर टुडेको कुराकानीमा बताएका थिए । कोहलपुरमा अहिले विभिन्न कलेजहरुमा एनएलपीको टेनिङ्ग चलिरहेका छन् ।
इम्स दर्पणका सञ्चालक मोहन खत्रीले बालबालिकाको शिक्षामा सुधार गर्नका लागि यस्तो योजना ल्याएको बताए । इम्स दपर्ण कम्प्यूटरमा अध्ययन गर्ने बालबालिकाको लागि यो टेनिङ्ग दिइसकेको छ अझै अन्य विद्यालयमा आवश्यक परेको खण्डमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
दर्पण कम्प्यूटरमा अध्ययन गर्ने बालबालिकाहरुलाई विभिन्न शेसनमा १ सय ५० जना बालबालिकालाई कार्यशाला गरियो । कार्यशालामा ५० वटा वर्ड मिनिङ्ग भन्न लगाइयो । पहिले पढ्न लगाइयो अनि भन्न लगाइयो तर जानेन् । एनएलपीका मनोचिकित्सा विद् छवि अधिकारीले आधा घण्टा टेनिङ्ग दिएपछि सबै विद्यार्थीहरूले आँखा बन्द गरी भन्न लगाएपछि पुरै ५० वटै वर्ड भनेका थिए । पुनः न्यू बागेश्वरी क्याम्पसमा समेत सोही अनुसारको टेनिङ्ग दिइएको थियो ।
के हो एनएलपी ?
एनपिएल भनेको न्यूरो–भाषिक प्रोग्रामिङ हो । संचार, व्यक्तिगत विकास र मनोचिकित्साको लागि एक वैज्ञानिक दृष्टिकोण हो । जुन पहिलो पटक रिचर्ड ब्यान्डलर र जोन ग्राइन्डरको १९५७ को पुस्तक द स्ट्रक्चर अफ म्याजिकमा देखा पर्यो । एनएलपीले दाबी गर्छ कि त्यहाँ न्यूरोलोजिकल प्रक्रियाहरू (न्यूरो) भाषा (भाषिक) र प्राप्त व्यवहारात्मक ढाँचाहरू (प्रोग्रामिङ) बीचको सम्बन्ध छ । जीवनमा विशिष्ट लक्ष्यहरू प्राप्त गर्न यी परिवर्तन गर्न सकिन्छ । ब्यान्डलर र ग्रिन्डरका अनुसार, एनएलपीले फोबिया, डिप्रेसन, टिक डिसअर्डर, साइकोसोमाटिक रोग, र सिक्ने विकार जस्ता समस्याहरूको उपचार गर्न सक्छ । प्रायः एकल सत्रमा तिनीहरूले एनपिएलले असाधारण व्यक्तिहरूको सीप “मोडल“ गर्न सक्छ, जसले कसैलाई पनि तिनीहरूलाई प्राप्त गर्न अनुमति दिन्छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्