प्रदिप कुमाइ, काेहलपुर ।
सुरक्षित बैदेशिक रोजगार संग सम्बन्धित दियो परियोजना अन्तर्गत ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरमा सञ्चालित दियो परियोजना अन्तर्गतका विभिन्न कार्यक्रमहरु सञ्चालन भएका छन् ।
रिडनेपाल र आइरेक्सको सहयोगमा यस पुस्तकायमा संचालित दियो परियोजना अन्तर्गत सुरक्षित आप्रवासन तथा बैदेशिक रोजगारसंग सम्बन्धित सचेतनात्मक अभिमूखिकरण कार्यक्रमहरु गरिएको हो ।
कार्यक्रम कोहलपुर नगरपालिका वडा नंं ४, ५, १४ र १५ मा गरिएको हो । कार्यक्रम बैदेशिक रोजगारमा जान चाहने, रोजगारबाट फर्केका र रोजगारको क्रममा रहेका घर परिवारका सदस्यहरुलाई कसरी सुरक्षित तरिकाबाट बैदेशिक रोजगारिमा जाने र बैदेशिक रोजगारिको क्रममा विभिन्न समस्यामा पर्दा कहाँ र कसरी सम्पर्क गर्ने सम्बन्धि अभिमूखिकरण गरिएको हो ।
कार्यक्रमलाई ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका दियो परियोजना कार्यक्रम फोकल व्यक्ति शिवध्वज शाहीले सहभागिहरुलाई कार्यक्रम सम्बन्धी सहजिकरण गरेका थिए ।
कार्यक्रममा पुस्तकालयका सचिव एकराज शर्माले ज्ञानोदय पुसतकालय र यसले दिने सेवाहरु साथै दियो परियोजना आजको समुदायको आवश्यकताका यस परियोजना मार्फत स्वरोजगारको लागि विभिन्न निशुल्क सिप प्रदान गर्ने निकायको पहिचान, सिप सिकेर स्वदेशमै स्वरोजगार कसरी गर्ने सम्बन्धि जानकारी गराउने र वितिय साक्षरता कक्षा, बैदेशिक रोजगारिका चरणमा अपनाइने सावधानीका विषयमा जानकारी गराउने वताए ।
उक्त कार्यक्रममा पुस्तकालयका पुर्व अध्यक्ष जयश्वर पौडेल, कार्यसमिति सदस्य पतिराम थारुको समेत उपस्थित रहेको थियो । विभिन्न स्थानमा गरिएका ४ वटा कार्यक्रमहरुबाट विभिन्न समुदायका १०७ जना सहभागिहरु लाभान्वित भएका छन् । भने यस पुस्तकालयमा रहेको सूचना कर्नरबाट समेत झण्डै ८ सय भन्दा बढिले सेवा लिएको कार्यालय प्रमुख जानकी सापकोटाले बताइन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्