प्रभावकारी बन्दै निःशुल्क ग्रासरुट फुटबल प्रशिक्षण

निःशुल्क ग्रासरुट फुटबल प्रशिक्षण बृद्धि गर्ने उद्देश्यले राष्ट्रिय कोहलपुर गोलकप सञ्चालन गर्ने योजना बनाएको छु : क्लबका अध्यक्ष चक्र क्षेत्री

कृष्ण कुमार शाही, कोहलपुर ।

बाँकेमा पहिलो पटक निःशुल्क ग्रासरुट फुटबल प्रशिक्षण प्रभावकारी बन्दै गइरहेको छ । २०७९ श्रावन २७ गतेबाट सञ्चालन भएको निःशुल्क ग्रासरुट फुटबल प्रशिक्षण प्रभावकारी बन्दै गइरहेको रेसिङ्ग सहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले बताए ।

कोहलपुर टुडेसंग कुराकानी गर्दै उनले भने, बाँकेमा पहिलो पटक निःशुल्क ग्रासरुट फुटबल प्रशिक्षण चलिरहेको छ ।’ ‘अहिले ५० जना बालबालिकाहरुलाई निःशुल्क ग्रासरुट फुटबल सम्बन्धी सम्पूर्ण ज्ञान प्रदान गरिरहेका छौं, अभिभावक निकै खुसी हुनुहुन्छ,’ उनले थपे । क्षेत्रीले क्लबको अध्यक्ष पदमा हुँदासम्म निःशुल्क ग्रासरुट फुटबल प्रशिक्षण दिने योजना रहेको बताए ।

‘८ वर्षदेखि १४ वर्षमुनिका बालबालिकालाई क्लबले निःशुल्क प्रशिक्षण गराएका छौं’ उनले भने, ‘यो एउटा खेलाडि उत्पादन गर्ने ठाँउ हो ।’ रेसिङ्ग सहारा क्लबबाट उत्पादन भएका खेलाडीहरुलाई राष्ट्रिय खेलमा सहभागि गराउनेछौं । त्यसको लागि राष्ट्रिय कोहलपुर गोलकप सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष क्षेत्रीले बताए ।

बालबालिकालाई सानै उमेरदेखि नै खेलकुदमा समाहित गरेको बाँकेमा पहिलो पटक हो । निःशुल्क ग्रासरुट फुटबल प्रशिक्षकमा हरि कठायत, कृष्ण रानाभाट, ईश्वर श्रेष्ठ, विप्लव खान रहेका छन् । क्लबको अध्यक्ष क्षेत्रीले बालबालिकाको खेल पोशाक, फुटबल लगायत अन्य सामग्रीहरु व्यक्तिगत रुपमा सहयोग गरिरहेका छन् ।