Kohalpur Today Header Ads

विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री हस्तान्तरण




प्रदिप कुमाई, कोहलपुर ।

कोहलपुर नगरपालिका-२ का अति विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

आइतबार कोहलपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हरि कठायत तथा शिव शक्ति आविका प्रअ बद्रि सापकोटाले संयुक्त रुपमा विपन्न बालबालिकालाई शैक्षिक साम्रगी हस्तान्तरण गरेका हुन् ।

LIfe Ok

शैक्षिक साम्रगीमा ट्याक सुट, स्कुल ब्याग, कपी, पेन्सिल, जुत्तामोजा, टिफिन बक्स, ज्यामिति बक्स, पानी खाने बोतल, टाइबेल्ट, कलम, इरेजर र कटर प्रति बालबालिकालाई हस्तान्तरण गरिएको थियो ।

हस्तान्तरण कार्यक्रममा बाँके यूनिस्कोका सामाजिक परिचालक आशा गुरुङ, वडा सदस्य तथा अन्य अभिभावकहरुको समेत उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ पुस ३ गते आइतबार