कृष्ण कुमार शाही, कोहलपुर ।
बाँकेको कोहलपुर ११ मा रहेको वागेश्वरी बहुमुखी क्याम्पसले विविए प्रथम सेमेस्टरका विद्यार्थीहरुलाई अभिमूखिकरण कार्यक्रम गरेको छ । आइतबार होटल हिल्समा कार्यक्रम गरी मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पसले विविए प्रथम सेमेस्टरका विद्यार्थीहरुलाई अभिमूखिकरण कार्यक्रम गरेको हो ।

कार्यक्रमा बोल्दै क्याम्पस प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि दान बहादुर हमालले २१औँ शताब्दीको जनशक्ति भएकाले सिकाइमा विद्यार्थीको जिज्ञासा हुनुपर्नेमा जोड दिए । ‘विद्यार्थी उत्सुकता भए मात्र आफ्नो जिज्ञासा सहजै रूपमा पूरा हुन्छ,’ उनले भने, ‘जसले गर्दा सिकारुले ज्ञान, सिप प्राप्त गरि आफुमा सक्षमता थप गर्न सक्छन् ।

आजको जनशक्तिले राम्रो ज्ञान प्राप्त गरि पूँजीवादी अर्थतन्त्रको विकास गर्दै औद्योगिकरणबाट नै आर्थिक विकास गर्दै समाज विकास गर्नुपर्ने जोड दिएका थिए । ‘देशलाई विकसित अवस्थामा पु¥याउन उद्योग, कलकारखाना, औद्योगिक विकास गर्न अहिलेको जनशक्तिको खाँचो छ,’ उनले थपे, ‘त्यसकाणरले आजको समयमा विविए कार्यक्रम आवश्यक छ ।’ यो सेमिटेक्निकल भएकोले अन्य विषय भन्दा फरक रहेको धारण व्यक्त गरे । हमालले अनुमती प्रदान गर्ने विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्द बहादुर सिह, व्यवस्थापन संकायका डिन प्रा.डा. दिप बहादुर रावलप्रति आभार व्यक्त तथा धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण गर्दै मध्यपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायका मुसुमका उप-प्राध्यापक ऋषि खनालले लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशको मुख्यकेन्द्र विन्दु भएको कोहलपुर जहाँ औद्योगिक क्षेत्रहरु धेरै भएकाले विविए कार्यक्रममा निकै प्रभावकारी हुने उनले जिकिर गरे ।
‘विविए कार्यक्रम सेमिटेक्निकल भएकोले सहजै सेवामुखी भई काम पाउन सकिन्छ,’ उनले भने, ‘यो जनशक्तिले तत्काल काम पाउने छ ।’ तर विविए कार्यक्रमको अध्ययनपछि रोजगारी पाउने भन्दा रोजगारी दिने आशा बोकेर अध्ययन गर्न निर्देशन दिए ।

यस्तै कार्यक्रममा बोल्दै निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्माले कोहलपुरमा एउटा मात्र सरकारी क्याम्पस भएकोले निकै सस्तो एवं सुलभ शुल्कमा विविए कार्यक्रम सञ्चालन भएको बताए । ‘कोहलपुरका बासिन्दाको माग अनुसार यो कार्यक्रम ल्याएका छौं’ उनले भने ।
यस्तै कार्यक्रममा स्वागत मन्तव्य राख्दै व्यवस्थापन संकायका उप-प्राध्यापक जिवनसिंह राठौरले कोहलपुरमा विविए कार्यक्रम अति महत्वपूर्ण भएको औल्याए । ‘आजको समयमा विविए अध्ययन गर्न कोहलपुरबाट नेपालगञ्ज सयौं जना विद्यार्थी जाने बाध्यता छ,’ त्यसको अन्त्य गर्न कोहलपुरमा नै दक्ष जनशक्ति उत्पादन गर्न विविए कार्यक्रम सञ्चालन ल्याएका छौं,’ उनले भने ।
यस्तै अंग्रेजी विभागका उप-प्राध्यापक राज कुमार चन्दले स्कोप अफ विविए कार्यक्रमको बारेमा प्रविधिद्वारा सकारात्मक भावनाको विकास गरि अध्ययन गर्न विद्यार्थीलाई निर्देशन दिए ।

यस्तै कार्यक्रममा पुर्व क्याम्पस प्रमुख रमेशचन्द्र अधिकारी, पुर्व सहायक क्याम्पस प्रमुख सुशील कुमार अधिकारी, पाठ्यक्रम तथा मुल्यांकन विभागका विभागीय प्रमुख एकराज शर्मा, व्यवस्थापन संकायका प्राध्यापक घनश्याम यादव र कर्मचारी विना शर्माको उपस्थित रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्रमोद सुवेदीले गरेको अभिमूखिकरण कार्यक्रम पुर्व क्याम्पस प्रमुख एवम् व्यवस्था विभागका विभागीय प्रमुख ध्रुव कुमार अधिकारीको सभापतित्वमा अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्