Kohalpur Today Header Ads

महासंघको साधरणसभा स्थगित, नविकरणको म्याद थप गरियो




काेहलपुर ।

नेपाल पत्रकार महासंघ बाँके शाखाको १३ औं साधरण सभा स्थगित गरिएको छ ।

मंसिर २९ गते गर्ने भनिएको साधरणसभा स्थगित गरिएको हो । नेपाल पत्रकार महासंघ बाँके शाखाको २०७९ मंसिर २८ गते अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बसेको बैठकले साधरणसभा आगामी पुस २३ गते गर्ने निर्णय गरेको छ ।

LIfe Ok

महांसघ बाँकेका सचिव कमल डाँगीद्वारा जारी विज्ञप्तीमा भनिएकोछ –‘२०७९ मंसिर २९ गते निर्धारण गरेको १३ औं साधारणसभा बिशेष कारणबस स्थगित गरी उक्त साधारणसभा मिति २०७९ पुष २३ गते जिल्ला समन्वय समितिको हल नेपालगन्जमा गर्ने निर्णय गरेको छ ।’

यस्तै महासंघले सदस्यता नविकरणको म्याद समेत थप गरेकोछ । विज्ञप्तीमा भनिएकोछ–‘पर्याप्त मात्रामा सदस्यहरुको नविकरण नभएका कारण २०७९ पुष ६ गतेसम्म नविकरण गर्ने म्याद थप गरेको सम्पुर्ण सदस्यलाई जानकारी गराउँदछौं ।’

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर २९ गते बिहीबार