Kohalpur Today Header Ads

४५ लाखको लागतमा चार कोठे पक्की भवन शिलान्यास




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय चन्नहवाको चार कोठे पक्की भवनकाे शिलान्यास गरिएकाे छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा करिव ४५ लाखको लागतमा चार कोठे पक्की भवनका शिलान्यास गरिएकाे हाे ।

बुधबार कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, वडा अध्यक्ष दिपेन्द्रकुमार चौधरी लगायतले संयुत्त रूपमा शिलान्यास गरेका थिए ।

LIfe Ok

विद्यालयका प्रधानाध्यापक भोजेन्द्र वलीलेका अनुसार विद्यालयमा भवनको अभाव र एउटा जीर्ण र जस्तापाताले छाएको भवनमा विद्यार्थीहरु जोखिमपूर्ण तरिकाले अध्ययन गर्न बाध्य छन् । सुविधा सम्पन्न ४ कोठे पक्की भवन निर्माण हुने भएपछि विद्यार्थीको पठनपाठनमा सहजता ल्याउने नगर विद्यालयका विद्यालयका प्रधानाध्यापक भोजेन्द्र वलीले बताए । १ सय ९१ विद्यार्थी अध्ययनरत विद्यार्थी रहेका छन् ।

नगर प्रमुख आचार्यले कोहलपुर नगरपालिकालाई शैक्षिक हवका रुपमा विकास गर्ने गरी आफुहरु लागि परेको बताए । उनले कोहलपुरका सामुदायिक विद्यालयको भौतिक संरचना सुधारदेखि जनशक्ति व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिरहेको बताए ।

कार्यक्रममा नगर शिक्षा समितिका सदस्य वीरेन्द्रबहादुर शाह, नेपाल राष्ट्रिय शिक्षक महासंघका बाँके अध्यक्ष पवन यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सीताराम थारु, पूर्वअध्यक्ष लौटन थारु लगायतको उपस्थिति रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर २९ गते बिहीबार