‘ए प्लस’ ल्याउन विद्यार्थीलाई नगद पुरस्कार दिने त्रिभुवनका शिक्षकहरुद्धारा घोषणा

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेको त्रिभुवन नमूना माध्यमिक विद्यालयका शिक्षकहरुले आगामी हुन लागेको एसईई परिक्षामा ए प्लस ल्याउने विद्यार्थीहरुलाई नगद पुरस्कार दिने घोषणा गरेका छन् ।

शिक्षक गणेश पौडेलले विद्यार्थीहरुको शैक्षिक सुधार गर्नका लागि यस्तो उपाया अपनाएको बताए । ‘४ शिक्षकहरुले घोषणा गरेका छौं’ उनले भने’ ‘एसईई परिक्षामा ए प्लस ल्याउने विद्यार्थीहरुलाई नगद पुरस्कार दिने घोषणा गरेका छौं ।’ विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार ५ हजार रुपैया शिक्षकले व्यक्तिगत रुपमा दिने कोहलपुर टुडेलाई जानकारी दिए ।

नगद पुरस्कार दिने घोषणा गर्ने शिक्षकहरू  राम चौधरी, गणेश प्रसाद पौडेल, देवका बस्नेत थापा र केशव अधिकारी रहेका छन् ।