विद्यार्थी संगठनले ७ बुँदे माग सहित क्याम्पस प्रमुख हमाललाई बुझाए ध्यानाकर्षण पत्र

कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको वागेश्वरी बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका छन् । मंगलबार नेपाल विद्यार्थी संघका राम प्रसाद पाण्डे, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका अध्यक्ष महेन्द्र मल्ल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) का दिपेन्द्र शाहीले संयुक्त रुपमा ७ बुँदे माग सहित क्याम्पस प्रमुुखलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

यस्ता छन् माग ।

१. विविएस चौथो वर्षको अन्तर्वार्ता भइसक्दा पनि छात्रवृत्तिको नतिजा प्रकाशन नगरेको ।
२. वि.ए.मा प्राध्यापकको अभाव
३. पुस्तकालयमा रहेको पुस्तक अभाव
४. परिचय पत्रको समस्या
५.विद्यार्थीलाई खेलकुद सामाग्री
६. प्रथम र दोस्रो सेमिस्टारको छात्रावृतिमा ढिला सुस्ती
६. कल्याणकारी कोषको नाममा विद्यार्थीले बुझाउने शुल्क । आदी ।