कोहलपुर ।
बाँकेको कोहलपुर—११ मा रहेको भेरी शित भण्डार सहकारी संस्थाकोे १४ औ बार्षिकोत्सवको अवसरमा आगामी पाँच ठुला योजना सार्वजनिक गरेको छ ।
सोमबार सहकारी संस्थाका अध्यक्ष बलराम भट्राईको अध्यक्षतामा भएको कार्यक्रममा भूपु कृषि मन्त्री प्रेम बहादुर भण्डारीको प्रमुख अतिथित्यतामा १४औं बार्षिकोत्सवको अवसरमा आगामी पाँच ठुला योजना सार्वजनिक गरेको हो । बार्षिकोत्सव कार्यक्रममा अध्यक्ष भट्टराईले बार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा आगामी पाँच ठुला योजना सार्वजनिक गरेका हुन् ।
प्रतिवेदन अनुसार सहकारी संस्था ५२ लाख ४ हजार २८ रुपैया ७५ पैसा घटामा रहेको संस्थालाई हाल २३ लाख ६६ हजार ५ सय ९६ रुपैया ५८ पैसा रहेको छ । अझै घाटामा रहेको २३ लाख ६६ हजार ५ सय ९६ रुपैया ५८ पैसालाई परिपूर्ति गर्नका लागि ५ बुँदामा आगामी योजना ल्याइएको प्रतिवेदनमा उल्लेख छ ।
व्यवसायिक सटर विस्तार गर्ने, खालि भएको जग्गामा कृषि हाट बजार सञ्चालन गर्ने, विउ विजन तथा रासायनिक मलको कारोबार सञ्चालन गर्ने, आलु खेती गर्ने कृषकलाई उन्नत आलुको विउ तथा प्राविधिक सेवा दिने र आईसक्रिम उत्पादन गरी विक्रि वितरण कारोबार गर्ने लगायतका आगामी ठुला पाँच योजना राखेको अध्यक्ष भट्टराईको प्रतिवेदनमा उल्लेख छ ।
अध्यक्ष भट्टराईले गत १ वर्षमा २८ लाख ३७ हजार ४ सय ३२ परिपूति भइसकेको र अझै घाटामा रहेको २३ लाख ६६ हजार ५ सय ९६ रुपैया ५८ पैसालाई परिपूर्ति गर्नका लागि ५ बुँदाका आगामी योजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
आर्थिक वर्ष २०७७/०७८ मा १ करोड ६२ लाख ९ सय २६ रुपैया कारोबार गरेको थियो भने आर्थि वर्ष २०७८/०७९ मा १ करोड ८० लाख ९१ हजार रुपैयाको कारोबार गरेको सहकारी संस्थाका अध्यक्ष भट्टराईले बताए ।
कार्यक्रममा बोल्दै भूपू कृषि मन्त्री भण्डारीले समयसापेक्ष सहकारी संस्थालाई आर्यआर्जनमा सहयोगमा पुग्ने गरी विद्यानलाई परिमार्जन गर्नुपर्नेमा जोड दिएका थिए । ‘गाउँघरमा सञ्चालन भएका स-साना सहकारी संस्थाका शेयर सदस्यहरु सक्रिय छन’ उनले भने, ‘तर ३७ सय शेयर सदस्य भएको सहकारीमा करिब ३ सय जना मात्रको उपस्थिति देखिन्छ । यसले गर्दा सहकारी बैधानिकताले पूर्ण मात्र पाउँछ तर शेयर सदस्यहरु निष्किृय हुन्छन् त्यसकारणले विभिन्न कार्यक्रम तयार पारी शेयर सदस्यहरुलाई सक्रिय बनाउनु पर्नेमा जोड दिएका थिए ।
यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरी, पूर्व कृषि मन्त्री आरती पौडेल, सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष प्रेम सुवेदी, जिल्ला समन्वय समिति बाँकेकी संयोजक सिता कार्की, कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कल्पना शर्मा अधिकारीको उपस्थिति रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्