जनता मावि बनमुडुवाको ८ कोठे भवनको शिलान्यास र ४ को भवनको उद्घाटन

रावन विश्वकर्मा, बर्दिया ।

जनता मावि बनमुडुवाको ८ कोठे भवनको शिलान्यास र ४ कोठे भवनको उद्घाटन गरिएको छ । बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीले भवनको शिलान्यास संगै उद्घाटन गर्नुभएको हो । भवनको शिलान्यास तथा उद्घाटन कार्यक्रममा नगर प्रमुख अधिकारीले विद्यालय तथा शैक्षिक सुधारका लागि समाजको मुख्य भुमिका रहेको बताउनुभयो । उहाले सामुदायिक विद्यालयको विकास र सुधार सरकारले मात्रै गर्न नसक्ने भएकाले समाजको पनि उतिकै भुमिका रहेकोमा जोड दिनुभयो । शिलान्यास गरिएको ८ को भवनको संघिय सरकारको ८३ लाख बजेटमा निर्माण गरिने विद्यालयका प्रधानाध्यापक ढाकाराम ढकालले बताउनु भयो । त्यस्तै बुधबार नै उद्घाटन गरिएको चार कोठे भवनको संघिय सरकार र शैक्षिक सुधार कार्यक्रमको १८/१८ लाख गरी ३६ लाख बराबरको बजेटमा भवनको निर्माण गरिएको ढकालले बताउनुभयो । धिताल कन्ट्रक्सन कोहलपुरले निर्माण ठेक्का लिएको ८ कोठे भवनको आगामी जेठ मसान्त सम्म निर्माण गरिने छ । २०१७ सालमा स्थापना गरिएको विद्यालय हाल कक्षा नर्सरी देखी कक्षा ३ सम्म अग्रेजी माध्यमबाट बढाई भईरहेको र अघिल्लो बर्ष देखी कक्षा ११ र १२ समेत सञ्चालनमा आएको विद्यालयले जनाएको छ । हाल विद्यालयमा ८ सय ८० जना अध्ययनरत रहेका छन् ।