जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु र २ गम्भिर घाइते




सुदाम शर्मा,  कर्णाली व्यूरो प्रमुख ।

जाजरकोट जिल्लाको छेडागाड नगरपालिका ४ भिरपाटी नजिकै बोलेरो जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

छेडागाड नगरपालिका-५ खातिजेवाबाट नगर अस्पतालमा उपचार गर्नका लागि विरामी लिई जाँदै गर्दा छेडागाड नगरपालिका-४ भिरपाटी नजिकै एक्कासी अनियन्त्रीत दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटकाले जनाएको छ ।

कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु र  २ गम्भिर घाइते भएकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक नविन चदालिले कोहलपुर टुडेलाई जानकारी दिएका छन् । थप विवरण आउँदै ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर २६ गते सोमबार