Kohalpur Today Header Ads

रक्सीले मात्तिएपछि श्रीमतीले गरिन् श्रीमानको हत्या




अर्घाखाँचीको छत्रदेवमा श्रीमतीले श्रीमानको हत्या गरेकी छन्। छत्रदेव गाउँपालिका वडा नम्बर–१, चिदिका तुमचौरकी ५५ वर्षकी लक्ष्मी नेपालीले आफ्नो पति ७० वर्षीय बलबहादुर सार्कीको हत्या गरेकी हुन्।

शनिवार साँझ घरायसी झगडा हुँदा बलबहादुरले लक्ष्मीलाई सामान्य कुटपिट गरेका थिए। रिसको झोकमा लक्ष्मीले आफूले कम्मरमा बाँधेको पटुका निकाली श्रीमानको घाँटी कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरीले बताएको छ।

लक्ष्मीले बलबहादुरलाई पासो लगाई घरको दोस्रो तलाको दलिनमा झुण्ड्याएर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको बताइएको छ। सार्की दम्पत्तिले झगडा गर्नुपूर्व मदिरा सेवन गरेका थिए।

LIfe Ok

रक्सीको मातमा घटना भएको प्रहरीले अनुमान गरेको छ। लक्ष्मीलाई पक्राउ गरी अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको अर्घाखाँची प्रहरीले जानकारी दिएको छ।

दिनेश खबरबाट साभार

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर २६ गते सोमबार