जनकपुर ।
धनुषाको मिथिला नगरपालिका-९ मा आज ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सप्तरीको जोगिनिया घर भएका ४५ वर्षीय राधेश्याम रजक साफी रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारका क्रममा मोडेल अस्पताल लालगढमा मृत्यु भएको हो।
ढल्केबरबाट बर्दिबासतर्फ आउँदै गरेको ज १० प ७८३९ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ आउदै गरेको ना ६ ख २४१० नम्बरको ट्रकले आज बिहान साढे १० बजे ठक्कर दिएको हो।
ठक्कर दिने ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय ढल्केबरले नियन्त्रणमा लिएको हो।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्