Kohalpur Today Header Ads

अस्पतालको भवन निर्माणमा खटिएका एक जना मजदुरको करेन्ट लागेर मृत्यु




विराटनगर ।
मोरङको बूढीगंगा गाउँपालिका–२ मा रहेको विराट शिक्षण अस्पताल परिषरभित्र करेन्ट लागेर आइतबार साँझ एक जना मजदुरको मृत्यु भएको छ।

अस्पतालको नयाँ भवन निर्माणमा खटिएका मोरङको कटहरी गाउँपालिका–५ का १९ वर्षीय सुमन सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार काम सकेर छुट्टी भएपछि हातखुट्टा धुने क्रममा कलमा जडान गरिएको मटरबाट साँझ ७:१५ बजेतिर करेन्ट लागेर सरदार घाइते भएका थिए।

LIfe Ok

गम्भीर घाइते अवस्थाका उनलाई उपचारका लागि सोही अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा सरदारको मृत्यु भएको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार सोमबार बिहानसम्म शव अस्पतालको आकस्मिक कक्षमै छ।

परिवारका सदस्य र आफन्तले बुझ्न अस्वीकार गरेपछि शव आकस्मिक कक्षमै रहेको हो। अस्पतालले लापरबाहीपूर्ण तरिकाले कलबाट मटर जडान गरेका कारण घटना भएको उनीहरुको आरोप छ। उनीहरुले उचित क्षतिपूर्ति नपाएसम्म शव नबुझ्ने अडान लिएका छन्।

अस्पतालले भने घटनाका विषयमा कुनै प्रतिक्रिया जनाएको छैन। यद्यपि समस्याको समाधानका लागि मृतक पक्ष र अस्पताल प्रशासनबीच छलफलको प्रयास भइरहेको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर २६ गते सोमबार