Kohalpur Today Header Ads

लागुऔषध मुद्दामा पक्राउ परे र्‍यापर ‘लाहुरे’




काेहलपुर ।

चर्चित र्‍यापर आशिष राना पक्राउ परेका छन्। ‘लाहुरे’ नामले परिचित उनलाई पोखराको न्युरोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए।

उनलाई लागुऔषध मुद्दामा पक्राउ गरेको प्रहरीले जनाएको छ। उनी हिजो बेलुकी पक्राउ परेका हुन्। ‘एक जना लाहुरे भन्ने आशिष रानालाई हामीले लागु औषधको मुद्दामा ल्याएका छौं,’ प्रहरी उपरीक्षक थापाले भने,‘अनुसन्धानको क्रममा छ।’

LIfe Ok

उनी हिमालयन रोडिजका निर्णायक पनि हुन्। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। र्‍याप ब्याटल रअ बार्जबाट उनी चर्चामा आएका थिए। उनको केस नम्बर ४०२, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागा लगयात गीतहरू चर्चित छन्। उनले ताण्डव सिनेमामा पनि खेलेका छन्।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस १५ गते बिहीबार