Kohalpur Today Header Ads

लागुऔषधसहित डडेल्धुरामा १ जना पक्राउ




डडेल्धुरा ।
लागुऔषध (चरेस जस्तो देखिने कालो पदार्थ)सहित डडेल्धुरामा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका–१ ढुन्ढुनेका ५८ वर्षीय वीरबहादुर ऐर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

शनिबार बेलुकी जिल्लाको अमरगढी नगरपालिका–१ ढुन्ढुनेस्थित कैलपाल किराना तथा चिया पसलमा लागुऔषध (चरेश) रहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पसल तथा घर खानतलासी गर्दा उक्त पदार्थ फेला पारेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए।

LIfe Ok

डीएसपी भट्टका अनुसार ऐरलाई हिरासतमा राखिएको छ भने आज (आइतबार) जिल्ला अदालत डडेल्धुरामा पेश गरिने छ। उनको साथबाट लागुऔषध (चरेस जस्तो देखिने कालो पदार्थ) ६.५४० किलोग्राम बरामद गरिएको छ।

लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम १ वर्षदेखि ३ वर्षसम्म कैद सजाय र ५ हजार देखि २५ हजार सम्म जरिमाना हुने कानुनी व्यवस्था रहेको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर २५ गते आइतबार