भविष्यमा कोहलपुर शैक्षिक हवका रुपमा विकास हुने सम्भावना

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशको केन्द्र विन्दुमा रहेको ठाउँ हो कोहलपुर । यो छिमेकी मुलुक भारत देखि २१ की.मि. नजिकमा रहेको ठाउँ हो कोहलपुर । कोहलपुर वर्तमान अवस्थामा विकसित सहरका रुपमा विकास हुदै छ । यो साविकको मध्य तथा सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको प्रवेशद्धारका रुपमा रहेको छ ।

कोहलपुर देशकै परिचित ठाउँ हो । कुनैपनि व्यक्ति कोहलपुमा पाईला नटेकेर देशका पूर्व तथा पश्चिममा जानसक्ने संम्भावना छैन । कुनैपनि जिल्लाको अवस्था चित्रण गर्नका लागि त्यस ठाउँको आधारभूत कुरादेखि उच्च सुविधा हुनुपर्ने जरुरत छ त्यसमा पनि शिक्षाको हव अनिवार्य नै मानिएको छ ।

कुनैपनि जिल्ला लाई परिचित गराउने काम त्यस जिल्लामा रहेका शिक्षण संस्था, बाटोघाटो, पर्यकीयस्थल, राजमार्गको सुविधा, हवाईमार्ग, स्वास्थ्य संस्थाहरु, खानेपानी, सुविधायुक्त बसपार्क, विजुली, दुरसञ्चार, शिक्षण संस्थाहरुको अवस्था व्यवस्थित र राम्रो भएको हुनु पर्दछ । हाम्रो देशका ७७ जिल्ला मध्ये बाँके जिल्लाको एक परिचित सहरउन्मुख ठाउँ हो कोहलपुर । यहाँबाट देशका विभिन्न ठाउँ मात्र होइन भारतमा जाने र आउने गर्नका लागी कोहलपुर केन्द्रविन्दु हो । चीनको मानसरोवर तीर्थयात्रा गर्नपनि कोहलपुर केन्द्रमा छ ।

यहाँ अत्याधुनिक शिक्षण अस्पताल कोहलपुर मेडीकल कलेज छ । जसमा अस्पतालको सेवासुविधाका मात्र होइन उच्च शिक्षा अन्र्तगतको एम.वि.वि.एस.को पठनपाठन समेत हुदै आएको छ । जसमा छिमेकी मुलुक भारत, भुटान, श्रीलङ्का र वंगालादेशका विद्यार्थीहरुसंग नेपाली विद्यार्थीहरुले अध्ययन गरिरहका छन् ।

कोहलपुरमा अर्काे ठूलो शैक्षिक संस्था मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेका वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर पनि रहेको छ । जहाँ स्नातक देखि स्नातकोत्तर तहसम्म विभिन्न सङ्काय र विषको पठनपाठन हुदै आएको छ । जुन संस्थामा स्नातक तहका विभिन्न सङ्कायमा धेरै विषयहरुको पठनपाठन गर्दै आएको छ । स्नातकोत्तर तह (माटर्स) मा शिक्षा, मानविकी, व्यवस्थापन विषयमापनि पठनपाठन हुदै आएको छ । जसले उच्च तहको जनशक्ति उत्पादन गर्दै आएको छ । यहाँको जनशक्ति देशका विभन्न ठाउँका विभिन्न निकायहरुमा काम गर्दै आएको छ । यो संस्थाको स्थापना भएदेखी हालसम्म दशांै हजार जनशक्तिको उत्पादन भएको छ ।

जसमा सक्षम, सबल तथा योग्य रोजगारमूलक जनशक्ति उत्पादन गरिरहेको रहेको छ । यहाँ हाल १५ सय भन्दा बढी विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । कोहलपुरको वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरले यो वर्षदेखि वी.वी.ए.पठनपाठन गर्दे आएको छ । यस क्याम्पसले भविष्यमा विज्ञान, कानुन, पत्रकारीता, इन्जिीनियरिङको पठनपाठन गर्ने जमर्काे पनि गरेको छ । कोहलपुरको शैक्षिक हवका लागि यो निकै महत्वपूर्ण आधार हो ।

यो कोहलपुरको सबैभन्दा जेठो तथा उच्च शिक्षा प्रदानगर्दै आएको एकमात्र उच्च शैक्षिक संस्था हो । त्रिभूवन विश्वविद्यालयका सम्बन्धन प्राप्त व्यवस्थापन सङकायको सञ्चालन गरेको कोहलपुर मोडेल कलेज, शिक्षा, व्यवस्थापन सङ्कायको वागेश्वरी एकेडेमी कलेज, शिक्षा सङ्काय सञ्चालनको डाइनामिक कलेजपनि रहेका छन् ।

उता विद्यालयको हकमा भने सरकारी सामुदायिक विद्यालय ३० वटा रहेका छन् भने नीजि विद्यालयहरुमा ५८ रहेका छन् । सरकारी सामुदायिक विद्यालयहरु मध्ये श्री ज्ञानज्योति माध्यमिक विद्यालय चपरगौडीमा सव ओभरसियज, मेकानिकल, कानुन, लगायतका विषयहरुको पठनपाठन हुदै आएको छ । श्री लक्ष्मी माध्यमिक विद्यालय बर्दहवामा कृषि विषयको पठनपाठन हुदै आएको छ । गोर्खा युनाइटेड पब्लिक स्कुलले वी.एस्सी.एजी.पोलिटेक्नीकल विषयको पठनपाठन गर्दै आएको छ । श्री त्रिभुवन नमूना माध्यमिक विद्यालय कोहलपुरमा १५ महिने आइटी, ३ वर्षे कम्प्युटर डिप्लोमा, विज्ञान, कानुन, लेखा, शिक्षा लगायतका विषयहरुको पठनपाठन गर्दै आएको छ ।

बालशिक्षा माध्यमिक विद्यालय भरैयाले पढ्दै कमाउदै कार्यक्रम अन्र्तगत कृषिको पठनपाठन गर्ने जमर्काे गरिरहेको छ । विभिन्न संस्थागत विद्यालयहरुले प्राविधिक तथा साधारण विषयहरुको पठनपाठन गर्दै आएका छन् । भेरी नसिङ्ग कलेज, नेपालगञ्ज नरसीङ्ग कलेज, नोवेल टेक्नीकल कलेज लगायत थुप्रै कलेजहरुले विभिन्न जनशक्ति उत्पादन गरीरहेका छन् । सी.टी.ई.भी.टी. बाट सम्बन्धन प्राप्तगरी साधारण तथा व्यावसायिक एवम् प्राविधिक धारको पठ्नपाठ्न कोहलपुरमा गर्नु अनिवार्य छ । शैक्षिक हवका लागी गुणस्तरीय शिक्षा अनिवार्य हुनु पर्दछ ।

यसका लागी गुणस्तरी शिक्षा के हो बुझ्नु आवश्यक छ । गुणस्तरीय शिक्षा भन्ने वितिकै हाम्रो मानसपटलमा विद्यार्थीको नतिजा प्रतिशतलाई मात्र सम्झिने गरेका छौं । हामीले त्यसैलाई आधार मानेर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको शिक्षण संस्था भन्ने पनि गरेका छौ । तर यो तर्कले मात्र गुणस्तरीय शिक्षा हुदैन । यसका लागि कुनैपनि विद्यालयको भौतिक, शैक्षिक, आर्थिक अवस्थाको राम्रो व्यवस्थापन हुनु पर्दछ । यो सरकारी सामुदायिक विद्यालयकमा खासै भएको पाइदैन । विद्यालयमा विषयगत जनशक्तिको व्यवस्थापन गर्नु प्रमुख जिम्मेवारी रहन्छ भने एक कक्षाकोठामा धेरै भन्दा धेरै तराइमा ५० र पहाडमा ४० विद्यार्थी राखेर पठनपाठन गर्नु पर्ने हुन्छ ।

विद्यालयमा अनिवार्य र ऐच्छिक विषयहरुको पठनपाठन गर्नका लागि विषयगत शिक्षकको व्यवस्थापन गर्नु पर्दछ । विद्यालयमा प्रशस्त मात्रामा शैक्षिक संरचना हुनु पर्दछ । विद्यालयको भौतिक व्यवस्थापनका साथै मानवीय व्यवस्थापन गर्नु आवश्यक छ । मानवीय व्यवस्थापनमा योग्य, क्षमतावान, कौशल एवम् दक्ष जनशक्तिको आवश्यकता पर्दछ । स्थानीय सरकारले विद्यालयको कक्षाकोठामा कति जना विद्यार्थीहरु राखेर अध्यापन भएको छ त्यसमा धन दिने हो । यातिमात्र होइन विद्यालयका प्रधानाध्यापकको योग्यता, क्षमता, कार्यशैली र प्रशासनिक जिम्मेवारी के कस्तो छ ? त्यसको पूर्ण जानकारी लिएर विद्यालयमा कार्यक्षमताको आधारमा प्रधानाध्यापक नियुक्त गरिएको हुनुपर्दछ । तर राजनीतिक भागबन्डामा गर्नु हुदैन । कार्यरत शिक्षकको पारिश्रम कति हुनु पर्ने र कति छ ? शिक्षक अध्यापन गर्न जाँदा के कसरी जाने गरेको छ ? यो कुराको समय समयमा अनुगमन गर्नु अनिवार्य छ ।

विद्यालयमा तालिम प्राप्त शिक्षक भए नभएको एकिन गर्नु पनि आवश्यक छ । विद्यालयमा कर्मचारीको कार्यशैलीको समय समयमा सम्बन्धित निकायले अनुगमन हुनु आवश्यक पर्दछ । स्थानीय सरकाले अनुगमनका भरमा शिक्षक, कर्मचारी लगायत विद्यालय प्रशासनलाई त्रासमय बनाएर गर्नु राम्रो होइन । जसको कारण गुणस्तरीयता आउन गाहे छ । यी सवालमा सम्बन्धित निकायको ध्यान दिएमा यहाँ बाहिरबाट अध्ययन गर्न आउने वातावरण हुनु अनिवार्य छ ।

जसले गर्दा कोहलपुरको सामाजिक, साँस्कृतिक, आर्थिक, व्यापारीक रुपमा बलियो भएर रोजगारीका अवसरहरु प्राप्त गर्ने स्थान हुने र यहाँ अध्ययनरत जनशक्तिले तत्काल रोजगारीका अवसरहरु प्राप्त गर्न सक्ने जनशक्ति उत्पादन भएमा मात्र गुणस्तरीय शिक्षा हुन्छ ।

कोहलपुरका विद्यालयमा गुणस्तरीय शिक्षाको अवस्थाको अध्ययन यो भन्दा अगाडीको स्थानीय सरकारले ७६ पेजको प्रतिवेदनमा ९० सुझाव सहितको प्रतिवेदन २०७६/०१/११ गते कोहलपुर नगरपालिकामा बुझाएको थियो त्यो कार्यन्वन गर्न सकेमा कोहलपुर पक्कै नि शैक्षिक हव हुने कुरामा कुनै दुईमत छैन ।

तर कोहलपुर नगरपालिका र नगर शिक्षाले हाल सम्म यो प्रतिवेदनलाई कुनै कतै ठाउँमा समावेश गरेको पाईदैन यो कुन खालको विभेद हो । शैक्षिक हवको लागि आवश्यक सुझाव त्यसमा स्पष्ट देखिन्छ । त्यो हालको स्थानीय सरकारले कार्यन्वयन किन गरेन वा गरेको छ ?

त्यसको समिक्षा गर्नु आवश्यक छ ।आज सम्म नगरशिक्षाले प्रकाशन गर्ने गरेका सबै स्मारीका, जर्नल लयायत शैक्षिक गतिविधिमा किन त्यसको समावेश गरेको छैन ? जसको कारण कोहलपुरमा गुणस्तरीय शिक्षाको सवालमा नीति कार्यन्वयन भए नभएको पत्ता लगाउन जटिलता आएको हो कि ?

कोहलपुर शैक्षिक हव हुनका लागि कोहलपुरका बासिन्दाहरुका अभिभावकहरुका छोराछोरीले मात्र अध्ययन गरेर मात्र हुदैन । यहाँ त देशका ७७ जिल्ला लगायत विदेशी विद्यार्थीहरुको अध्ययन थलो हुनु आवश्यक छ । कोहपुरमा अध्ययन गर्न आउने विद्यार्थीहरुले आफुले पढन चाहेको विभिन्न विषयमा अध्ययन गर्न पाउनु पर्दछ । विभिन्न जनशक्ति उत्पादन गर्न मिल्ने शैक्षिक संस्थाहरुको सञ्चालन हुनु अनिवार्य छ । विश्वविद्यालय स्तरका सबै विषगत विषयविज्ञको सहभागीताबाट स्थानीय सरकारले निर्माण गर्ने नीतिनियममा सहभागीता बनाएर आवश्यक सुझाव लिनु आवश्यक छ । यसले विभिन्न विधाका व्यक्तिहरुलाई समावेश गर्न सकेमा, विद्यार्थीका आवश्यकता परिपुर्ति हुनेगरी विभिन्न्न शिक्षण संस्थाहरुमा फरक फरक विषयहरुको पठनपाठन गर्नु पर्ने व्यवस्था बनाएमा मात्र शेषिक हवका रुपमा विकास गर्न सकिन्छ । कोहलपुमा स्थानीय पाठ्यक्रमको निर्माण त गरएको छ तर त्यो पाठ्यक्रम कोहलपुरको माटो सुहाउँदो छ वा छैन समिक्षा भएको छैन ? कतै कसैको स्थानीय पाठ्यक्रमको साभार भएको छ छैन ? त्यसको कार्यन्वयन किन हुन सकेन ? कार्यन्वयनमा संस्थागत विद्यालयहरको विमति के छ ?

यावत विषयमा स्थानीय सरकारले ध्यान दिएर नमूना पाठ्यक्रमका रुपमा हामीले विकास गर्न खोजेमा मात्र शैक्षिक हवका रुपमा विकास हुने सम्भावना छ । कोहलपुर देशकै मुटुमा रहेकाले पनि यहाँ हामीले गर्ने हरेका नीति नियममा निर्भर रहन्छ । शैक्षिक गतिविधिको लागि शिक्षा क्षेत्रका आम विषयविज्ञको प्रयोग गर्नु आवश्यक छ ।

निष्कर्षमा भन्नुपर्दा कोहलपुरलाई शैक्षिक हवका रुपमा विकास गर्नका लागि कोहलपुरमा रहेका १३ वटा सामुदायिक माध्यमिक विद्यालयमा र २५ वटा माध्यमिक विद्यालयमा फरक फरक धारका प्राविधिक तथा साधारण विषयहरुको पठनपाठन गर्ने खालको स्विकृति गर्नु आवश्यक छ । यो गर्न नसक्ने हो भने एउटै विद्यालयमा विभिन्न विषयहरु सञ्चालन गर्दा त्यसको प्रभावकारीता पनि नहुने र विद्यार्थीहरुको रोजाइ पनि नपर्ने भएमा हामीले शैक्षिक हवको परिकल्पना गर्ने संम्भावना रहन्छ । यो कुरामा कोहलपुर स्थानीय सरकारले ध्यान दिएमा कोहलपुर शैक्षिक हव बन्न सकिन्छ ।

यसका लागी शिक्षा क्षेत्रमा काम गर्ने प्राध्यापक, शिक्षक तथा विषयविज्ञको एक समूह निर्माण गरी शेक्षिक हव निर्माण गर्नका लागी सम्बन्धित सरोकारवाला निकायहरुसंगको सहयोगमा मात्र संम्भव छ ।

लेखक ः एकराज शर्मा विभागीय प्रमुख पाठ्यक्रम तथा मूल्याङ्कन विभाग मध्यपश्चिम विश्वविद्यालयल वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, बाँके