देशका विभिन्न स्थानको जनजीवन प्रभावित

 कोहलपुर ।                                                            तिनदिन देखि परेको लगातार अविरल वर्षाको कारण आम नागरिकको जनजीवन अस्तव्यस्त भएको छ । देशका विभिन्न स्थानमा परेको अविरल झरिले गर्दा आम नागरिकम समस्या परेको छ । कैयन ठाँउमा पशुचौपायाले  समेत खान पाएका छैनन् ।

देशका ठाउँमा यातायात अवरुद्ध भएको छ भने सडकहरु भत्किएका छ्न । दाङको अमिलिया सडक र राप्तीराजमार्गको रुकुम सल्यान सडक अन्तरगतको कपुरकोट सडक पनि पहिरोको कारण अवरुद्ध भएको छ । पहाडी भेगका अधिकांस सडक अवरुद्ध भएका छ्न भने पाकेका मकैमा पूर्णरूपमा क्षती पुर्याएको छ । तराईमा धानबालीमा क्षती पुर्याएको छ । कतिपय तराईका जिल्लामा काटेको धान डुबाएको छ भने कतिपय ठाउँमा बाढिले बगाएको छ । राप्ती सोनारी -९ खैरेनीका गजाधर थारुको करिब १ कठ्ठा र पोकसरी डाँगीको करिब ३ कठ्ठामा काटेर राखेर धान पुर्ण रूपमा भिजेको छ भने चुकेनालामा आएको बाढीका कारण मोतीलाल डांगी, कासीराम उपाध्याय, प्रेम डाँगी, देउमाया विक ,मोहनलाल डाँगी, झुप सिह डांगी, हरिलाल थारु, राम बहादुर वली लगायतका किसानहरूको काट्न तयारीमा भएको धान खोलाले कटान गरि क्षेती पुर्‍याएको छ ।

यसैगरी कोहलपुर नगरपालिका वडा नं -१२ शान्तिटोलको बाटो बाढीको कारण पूर्ण रूपमा डुवेको छ । यसैगरी नेपालगन्ज गुलरिया सडकखण्ड पनि पुर्ण रूपमा अवरुद्ध भएको छ भने बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा भादा नदिले डुवान पारेको छ । यता कोहलपुरमा रहेको डुडुवा र रोहुनी नाला बर्षाको कारण खतराको संकेतमा पुगेको छ । कोहलपुरका विभिन्न स्थानका बस्तीमा डुवान भएकोले जनजीवन अस्तव्यस्त बनाएको छ । नेपालगन्जका विभिन्न स्थानमा डुवान भएको छ । बर्दियाको राजापुर लगायतको क्षेत्रमा कर्णाली नदिले क्षती पुगाएको छ । कंचनपुरमा डुवान भएको छ । कोहलपुर सुर्खेत जोडने देउरालीमा पहिरोको कारण सडक अवरुद्ध भएको  छ भने जाजरकोट सडक खन्डपनी अवरुद्ध भएको छ ।

रुकुम पश्चिम जाने सडकखन्ड पनि अवरुद्ध भएको छ भने अविरल बर्षाको कारण त्रिवेणी गाउँपालिका रुकुम पश्चिम वडा न ६ का पूर्व वडा अध्यक्ष राजेन्द्र पुनका बाख्रा पहिरोमा पुरिएका छन । डाङी मोडमा बाटो पनि क्षति पुगेको रुकुम पश्चिम मुसिकोट खलंगा बहुमुखी क्याम्पस का उप प्रा हरिवोस्णु वलीले कोहलपुर टुडेलाई जानकारी दिए ।
हिन्दु धर्मावलम्बीहरुको महान चाड विजया दशमीको टिकाको दिन बर्षातको सुरु भएकोले दशैको टिकालाई प्रभावित बनाएको छ । आफन्तहरुकोमा टीका तथा आशीर्वाद लिन गएका आम नेपालीहरु आफन्तको बर्षाको कारण आवतजावत गर्न समेत सकेका छैनन् भने गएकाहरु पनि घर फर्किन सकेका छैनन् ।

लगातारको अविरल बर्षाको कारण आम धनजनको क्षती भएकोले कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्य एवं उप प्रमुख संगिता सुवेदी, प्याब्सन बांकेका अध्यक्ष यम रावत लगायतले विपत्तिमा सहयोग गर्न अनुरोध गरेका छन ।

वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर उप प्राध्यापक एवं कोहलपुर टुडेका सम्पादक एकराज शर्माले समेत यो अविरल बर्षाको कारण हुने आकस्मिक क्षतिको कारण सचेत रहन अनुरोध गरेका छ्न । उनको फेसबुक पेजमा उल्लेख गरिएको छ ।
तीनदेखिको अविरल बर्षाको कारण हुने धनजनको क्षति भएको छ । यस प्राकृति विपत्तिमा आम नागरिक सचेत हौं । यसबाट प्रभावित हुने सम्पूर्ण आम नगरबासिहरुले कोहलपुर नगरपालिकाका प्रमुख, उप प्रमुख तथा नगरप्रहरी प्रमुखलाई सम्पर्क गर्नु होला । अविरल बर्षाको कारण भएका डुवान एवं क्षतिका केही तस्बिरहरु यस्ता छ्न भनेर उनले विभिन्न तस्बिरहरु राखेका छ्न ।