नेपालगञ्जबाट सुरू भयो पोखरामा रात्रिकालीन उडान

कोहलपुर ।

बाँकेको नेपालगञ्जबाट पोेखरामा रात्रीकालीन उडान सुरु गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई हब बनाएर नेपालगञ्जबाट पोेखरामा रात्रीकालीन उडान विहिबारबाट सुरु गरेको हो ।

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहिबार रातिदेखि नेपालगञ्ज–पोखरा साँझ ७ः३० बजे गन्तव्यबाट रात्रिकालीन उडान सुरु गरेको हो ।

नेपालगञ्ज, काठमाडौं, भद्रपुर र भैरहवाबाट पोखरामा रात्रिकालिन उडान भरेको छ । यी चारै गन्तव्यका जहाजको रात्रि बिसान पोखरामा भएको छ । यी जहाज बिहानै सोही गन्तव्यका लागि उडेका छन् । कम्पनीका अनुसार बिहान पोखराबाट पुनः नेपालगञ्ज, काठमाडौं, भैरहवा र भद्रपुर उडान गरेका छन् ।

यसबाटसाँझको समयमा पोखरा आई केही दिनको बसाई तथा घुमफिरबाट एकाबिहानै ती गन्तव्यमा फर्कन सहज भएको छ । यस यसले आन्तरिकका साथै बाह्य पर्यटकहरुलाई सजिलो हुने बुद्ध एयरले जनाएको छ ।

आईएफआर उडान नहुँदा पोखराको उडान दिउँसो ४ बजेसम्म मात्र सीमित भएको थियो । बुद्ध एयरले काठमाडौंपछि पोखराबाट देशका विभिन्न गन्तव्यलाई सिधा उडान भर्ने योजना अनुरुप अहिले नेपालगञ्ज, भैरहवा, भद्रपुर र चितवनलाई जोडेको छ । आउँदा दिनमा बजारको माग अनुसार अन्य गन्तव्यमा पनि विस्ता गर्ने बुद्ध एयरले जनाएको छ ।

रात्रिकालीन उडानको समय

नेपालगञ्ज–पोखरा साँझ ७ः३० बजे
काठमाडौं–पोखरा साँझ ७ः३५ बजे
भद्रपुर–पोखरा साँझ ६ः५५ बजे
भैरहवा–पोखरा साँझ ७ः२५ बजे

बुद्ध एयरसँग एटीआर–७२ जहाज ११ तथा एटीआर–४२ जहाज ३ वटा रहेको छ ।