विदेशमा सिकेको सिप स्वदेशमा लगानी गर्दै थापा दम्पत्ती

राप्तीसोनारी गाउँपालिका–९ ढकेरीका सतिस थापा विदेशमा सिकेको सीपलाई गाउँमा प्रयोग गरेर स्वदेशमा लगानी गरेर कृषि क्षेत्रमा होम्मिएका छन । इजरायलमा दुई वर्ष तरकारी बारीमा काम गरेका उनले नेपाल फर्किसके पछि १ विगाह जमिन ठेक्कामा लिएर व्यवसाियक तरकारी खेती गरिरहेका छन ।

अहिले उनको बारीमा लटरम्म फलेका टमाटर र भेडे खुसार्नी (सिम्ला मिर्चा) ले बारी हराभरा बनाएको छ ।जगा भाडामा लिएर चारैतिर तारबार गरेर उनले व्यवसायिक तरकारी खेती गरिरहेका छन । करिब ७ लाखको लगानीमा व्यवसायिक तरकारी खेती सुरु गरेका उनले मल्चिङ र थोपा सिचाई प्रविधिबाट व्यवसायिक तरकारी खेती गरिरहेका छन ।

विदेशमा हुँदा यही सिप जानियो अब त्यो सिपलाई सार्थकता दिन पनि यो व्यवसाय सूरु गरेको हुँ उने भने ३३ वर्षिया थापाले गरेको तरकारी खेतीले जो कोहीलाई सजिलै मन्त्रमुग्ध बनाउन सक्छ । उनले हाल ७ कट्टामा टमाटर र बाँकी जग्गामा भेडे खुसार्नी लगाएका छन । भने काउली र बन्दा रोप्नका लागी वियाड तयारी अवस्थामा राखेका छन ।

सिचाईका लागी मोटर जडान गरेर थोपा सिंचाइको व्यवस्थापन मिलाएका छन । अहिले केही तरकारी लगाएको छु अब बाँकी जमिनमा अन्य तरकारी लगाउने योजना छ उनले भने अहिले उनले उत्पादन गरेका तरकारी नेपालगज, कोहलपुर र स्थानीय बजारमा खपत हुने गरेको थापा बताउछँन ।

उनको व्यवसायमा कृषि भेटेनरीमा लामो समय अध्यापन गराइ सकेकी उनकी श्रीमती सविता थापाले पनि सघाइरहेकी छिन । सविताको सहयोगका कारण व्यवसायमा उनलाई निकै सहयोग पगेको उनी बताउँछन । उनले महादेवपुरी कृषि तथा पशुपक्षी फार्म स्थापना गरी उनीहरु व्यसायिक बाख्रा पालन गर्ने योजना बनाएको बताए ।

उनकी श्रीमती सविताले श्रीमानले वैदेशिक रोजगारीमा सिकेको तरकारी खेती र आफुले लामो समय भेटनरी क्षेत्रको शिक्षिकको अनुभवका कारण कृषि क्षेत्रमा लागेर उत्पादनमा जोडिन आफूहरु लागेको बताउँछिन । उनीहरुको व्यवसायलाई स्थानीय सरकारले समेत प्रोहोत्सान गर्नै आश्वासन दिएको थापा बताउँछन ।

वैदेशिक रोजगारीबाट फर्किसकेपछि कतिपय युवाहरु पुनःवैदेशिक रोजगारीमा जाने वा अन्य पेशा गर्ने गरे पनि थापा भने आफुले विदेशमा सिकेको सिप प्रयोग गरेर नेपालमै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि क्षेत्रमा लागेका छन । कृषि क्षेत्रमा लाग्न चाहने युवाहरुका लागि राज्यले युवा लक्षित कार्यक्रमहरुबाट संचालन गर्न अति आवश्यक छ ।