कोहलपुर वृहत सहरी खानेपानीको एक सुन्दर

कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मध्यपश्चिमाञ्चल विकास क्षेत्रको बाँके जिल्लाको सदरमुकाम नेपालगंज देखी १६ कि.मि उत्तरमा रहेको कोहलपुर नगरपालिका वडा नंं. ११, पश्चिम टाउन प्लानिङ्गमा संचालित छ ।

यस संस्थाको स्थापना वि.स. २०५८ सालमा भएको हो । तत्कालिन समय ०६०/०६१ मा जिल्ला जल स्रोत समितिमा संस्था दर्ता गरिएको थियो । यो सुर्खेत रोड र पूर्व पश्चिम राजमार्गको संगम स्थलमा पर्ने कोहलपुर नगरपालिका विकसित सहर हो । यहाँ हाल कोहलपुर सानाशहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबाट वितरित पाईप प्राणलीको खानेपानी हाल ५०५७ वटा धारा जडान भई उपभोक्ताले स्वच्छ खानेपानी सेवा प्राप्त गरेका छन् ।

यस स्थानमा व्यक्तिगत हाते पम्पहरु, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट उपलब्ध सार्वजनिक हाते पम्प र केही व्यक्तिगत समरसिबल डिपट्युवेलहरु रहेता पनि स्वच्छ र प्रर्याप्त पानीको आवश्यकता महशुस गरिएको छ ।

कोहलपुर सानाशहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सेवा क्षेत्र भित्र खानेपानीको गुणस्तर कायम राख्ने र यसबारे नियमित अनुगमन गर्ने, खानेपानी आपूर्तिका सुविधा तर्फ सामुदायीक सहभागिता अभिवृद्धि गर्ने, उपभोक्ताहरुको आवश्यकता अनुरुप धारा जडान गर्न र आवश्यक मर्मत संभार कार्य गर्न उल्लेखित उद्देश्य प्राप्तीका लागि प्रस्तुत कोहलपुर सानाशहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले कोहलपुर नगरबासीहरुको निम्न बमोजिम सकेसम्म पानीको आवश्यकता पुरा गरेको छ ।

यस संस्थाका सेवा क्षेत्रहरुमा तत्कालिन समयमा कोहलपुर गा.वि.स वडा नं. १,२,३,४ आंशिक (हाल कोहलपुर न.पा. वडा नं. १०,११,१२) तत्कालिन समयमा रझेना गा.वि.स. वडा नं. ४,७,८ आंशिक (हाल कोहलपुर न.पा. वडा नं. २,५,६, हाल कोहलपुर न.पा. वडा नं. १ पनि आंशिक थप भएर सेवा विस्तार भएको छ ।

यस संस्थाले पानी परिक्षण प्रयोगशाला पानीको नियमित चेकजाँच गरि पानी वितरण गरिने भएकोले पुर्ण गुणस्तरीय पानी नियमित संचालन गरि त्यसको अभिलेख प्रमाणिकरण गरि दस्तावेजको रुपमा राख्ने काम गरिन्छ । साथै हाल यस संस्थावाट संचालित ल्यावमा १६ प्रकारको पानी परिक्षण गर्दै आइरहेको छ ।

जसमा खानेपानी गुणस्तर मापदण्ड २०६२ बमोजिम भौतिक परिक्षण अन्र्तगत धमिलोपन, हाईड्रोजन कुल घुलित ठोस पदार्थ, विद्युतिय संवाहकता रसायनिक अन्र्तगत फलाम, आर्सेनिक, क्लोराइड, अमोनिया फोसफेट, तापक्रम, क्लोरिन अवशेष, क्याल्सीयम, नाईट्राइट, हार्डनेस सुक्ष्म जैविक अन्र्तगत इ–कोली र कुल कोलिफर्म चेक जाँच गरिन्छ । आयोजनालाई सफल तथा दियो बनाउन र आत्म निर्भर तुल्याउन तथा नगर विकास कोष बाट लिएको ऋणको सावा व्याज चुक्ता गर्न धाराको महशुल दर कायम गरिएको हुन्छ । पानीको यथोचित वितरण तथा उपभोगका लागि तथा परिमाणको आधारमा यसको महशुल दर कायम गरिएको छ । जसलाई ० देखी १० युनिटसम्म प्रति यूनिट दर रु २० न्यूनतम शुल्क रु.२००, ११ देखी २० युनिटसम्म प्रति युनिट दर रु ३०, २१ देखि ३० युनिटसम्म प्रति युनिट दर रु ३५, ३१ देखि ४० यूनिटसम्म प्रति युनिट दर रु ४५र ४१ देखि माथी युनिट दर रु ५० रुपैया रहेको छ । धारा जडान सदस्यता शुल्क हाललाई रु. १५ हजार र निवेदन दस्तुर रु.१ सय ५० गरी १५ हजार १ सय ५० रुपैया कायम गरिएको छ । फिटिङ्ग सामान र सर्भिस चार्जको छुट्टै रकम तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
निष्कर्ष ः
कोहलपुर बृहत शहरी खानेपानी तथा उपभोक्ता संस्था नगरबासीहरुको आफ्नै खानेपानी आयोजना हो । यसमा जडित उपकरणहरु र बनाईएका संरचनाहरु अत्याधुनिक प्रविधि तथा डिजाइनका छन । यसले वितरण गर्ने पानी पनि अन्तर्राष्ट्रिय गुणस्तर युक्त भई सकेसम्म पानीको आवश्यकतालाई महशुस गरि उपलब्ध हुने हुँदा कोहलपुर बासीको पानीको पुरानो समस्या समाधान भएको छ । आशा गरिन्छ यस आयोजनाले कोहलपुरको काँचुली नै फेरिई शहरीकरणको नयाँ युगमा पुर्‍याउन सहयोग गर्ने छ ।

आयोजनाका सम्पुर्ण संचालन तथा व्यवस्थापन कोहलपुर बृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाले गरेको छ । कोहलपुर नगरबासीहरुको सक्रिय योगदान र सहयोगवाट आयोजनाले पूर्ण सफलता प्राप्त गर्न सकेको छ । हाल यस संस्थामा निम्न पदधिकारीहरु रहेका छन ।

साथै भेरी ववई ड्राईभर्सन बहुउद्देश्यीय आयोजनाबाट १ क्युसेट (१००० लि./१ सेकेन्डमा) पानी ल्याई प्रशोधन गरेर बाँके जिल्लाको केही भाग तथा बर्दिया जिल्लाको बांसगढीसम्म खानेपानी आयोजना मार्फत गुणस्तर पानी संचालन गर्ने व्यवस्था मिलाउने र त्यसको लागि कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उद्देश्य रहेको छ ।
लेखक ः कोहलपुर बृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थामा कार्यरत छन् ।