लागूऔषधसहित एक जना पुरुष पक्राउ

विराटनगर ।
लागूऔषधसहित विराटनगर महानगरपालिका–१३ बाट बिहीबार साँझ एक जना पुरुष पक्राउ परेका छन्।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार मोरङको केराबारी गाउँपालिका–१० का ३३ वर्षीय अरुण लिम्बूलाई पक्राउ गरिएको हो।

लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले बा ६३ प ३३६४ नम्बरको मोटरसाइकलमा सवार लिम्बूलाई पक्राउ गरेको जानकारी राईले दिए।

प्रहरीका अनुसार लिम्बूको साथबाट लागूऔषध डाइलेक्स डीसी ३ बोतल, एस्कुल २ बोतल र स्पास्मोप्रोक्सिभन १८ ट्याब्लेट बरामद भएको छ।

लिम्बूविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन शुक्रबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।