Kohalpur Today Header Ads

भारतमा विवाह समारोहमा आगलागी : ५ जनाको मृत्यु




राजस्थान ।
राजस्थानको जोधपुरमा बिहीबार एक घरमा बिहेको क्रममा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । यस आगलागीमा हालसम्म प्राप्त जानकारी अनुसार ५५ जना घाइते भएका बीबीसी समाचारमा उल्लेख छ।

जोधपुरको शेरगढ थाना क्षेत्रमा बिहीबार साँझ चारवटा सिलिन्डर विस्फोट हुँदा ठूलो दुर्घटना भएको हो। जलेर हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ । घाइते ५५ जजनाको जोधपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

शेरगढ प्रहरी चौकीका इन्चार्ज देवेन्द्र सिंहले भने, ‘शेरगढ थाना क्षेत्रको भुंगरा बस्तीमा विवाह समारोह चलिरहेको थियो, त्यही क्रममा चारवटा सिलिण्डर विष्फोट भएको थियो ।’

LIfe Ok

जोधपुर ग्रामीण एसपी अनिल कुमारका अनुसार ग्यास चुहावटका कारण सिलिन्डर विष्फोट भएको हो। उनले अस्पतालमा भर्ना भएका २५ जनाको अवस्था गम्भीर रहेको र उनीहरु ६० प्रतिशतभन्दा बढी जलेका बताए।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर २३ गते शुक्रबार