Kohalpur Today Header Ads

निःशुल्क आँखा अप्रेशन शिविर सुरु




सुदाम शर्मा, रुकुम पश्चिम,

रुकुम पश्चिममा निःशुल्क आँखा अप्रेशन शिविर सुरु भएको छ ।  बिहिबार कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीले उद्घाटन गरी जिल्ला अस्पतालको परिसरमा निःशुल्क आँखा अप्रेशन शिविर सुरु भएको हो । उद्घाटन गर्दै केसीले मोतिविन्दुको समस्या भएका बिरामीहरुलाई लक्षित गर्दै निःशुल्क आँखा अप्रेशन शिविर आयोजना गरिएको बताए ।

केसीका अनुसार मुसिकोट, सानीभेरी, बाँफिकोट र त्रिवेणीमा केही दिन अघि निःशुल्क आँखा जाँच तथा उपचार शिविर संचालन भएको थियो सो शिविरबाट २ सय १७ जना अप्रेशन गर्नुपर्ने देखिएकोले निःशुल्क आँखा अप्रेशन शिविर आयोजना गरिएको हो । शिविरमा राप्ती आँखा अस्पताल तुलसिपुरका डाक्टर सुरेश रसाइलीको नेतृत्वमा १६ जना स्वास्थ्यकर्मी परिचालित छन् ।

LIfe Ok

नेपाल नेत्र ज्योती संघ रुकुम पश्चिमका सभापति शिवराम खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसी, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी लगायतको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

यस्तै मुसिकोट नगरपालिकाको व्यवस्थापन, आर्थिक सहयोग नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा तथा कान कार्यक्रम कर्णाली प्रदेश सुर्खेत र राप्ती आँखा अस्पताल तुलसिपुर दाङको प्राविधिक सहयोगमा निःशुल्क आँखा अप्रेशन शिविर सुरु भएको हो । सो शिविर दुई दिन चल्ने छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर २२ गते बिहीबार