इप्रका कोहलपुरका प्रमुख डिएपी मल्ल असफल, रोकिएन चोरीका घटना

उवासंघ काेहलपुरद्धारा व्यवसायीहरू असुरक्षित भएको भन्दै विज्ञप्ती जारी

कोहलपुर ।

कोहलपुर नगरपालिकामा दिन प्रतिदिन चोरीका घटनाहरु वृद्धि हुँदै गइरहेका छन । असोज महिनादेखि निरन्तर रुपमा चोरीका घटनाहरु बृद्धि हुन थालेपछि कोहलपुरका व्यवसायीहरु समेत असुरक्षित महशुस गर्न थालेका हुन् ।

चोरीका घटनाको विषयको कोहलपुर टुडेले असोज ८ गते ‘कोहलपुरमा चोरीको विगविगी, प्रहरीको उदासिन्ता’ भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।

असोज ५ गते कोहलपुर नगरपालिका वडा नं. ८ मा विरेन्द्र शाहीको घरमा १० तोेला सुन सहित २ लाख ५० हजार रुपैया लुटपाट भयो ।

असोज ८ कोहलपुर नगरपालिकाको ११ मा गते मुख्य बजार रहेको नभ प्रभात घडी तथा मोवाइल पसल चोरी भयो ।

सोही दिनमा कोहलपुर नगरपालिका २ का २ घरमा १० हजार नगद सहित मोवाइल समेत चोरी भयो ।

मंसिर ७ गते कोहलपुर नगरपालिका-११ पिपलचौताराको पूर्र्वपट्टिको दिप मोवाईल होमबाट करिब ५ लाख पचास हजारका मोवाईल तथा इलेक्ट्रीक सामानहरु चोरी भयो ।

यि त प्रतिनिधि मुलक घटना मात्र हुन् ।

यता कोहलपुर उद्योग वाणिज्य संघले समेत व्यवसायीहरु चोरीका घटनाहरुले गर्दा आफुहरु असुरक्षित भएको भन्दै विज्ञेप्ती जारी गरेको छ । यसरी दिनानुदिन चोरी, डकैती, लुटपाट तथा अपराध जन्य घटनाहरु बढ्दै गइरहेको हुँदा सम्बन्धीत निकायबाट बेलैमा दोषि पत्ता लगाई कडा भन्दा कडा कारवाही गर्ने र आमजनमानसमा शान्ती सुरक्षाको पूर्ण प्रत्याभूति हुने सुरक्षा संयन्त्र कार्यान्वयन गर्न उवासंघको विज्ञेप्तीमा उल्लेख छ ।

कोहलपुरमा रहेका पसलहरु नै रेड जोनमा रहेको र असुरक्षित महसुश भएको भन्दै उवासंघका अध्यक्ष लक्ष्मणराज पौडेल र महासचिव मातृका सापकोटाको हस्ताक्षरित विज्ञप्ती उल्लेख गरिएको छ ।

उवासंघका अध्यक्ष लक्ष्मणराज पौडेलका अनुसार सुरक्षाको दृष्ट्रिकोणमा इप्रका कोहलपुरले शुन्य स्थितिमा काम भएको पाएका छौं । ‘चोरी भएका पसलहरुको सिसि फुटेजहरु समेत बुझाएका छौं,’ उनले भने, ‘तर यसमा प्रहरी असफल देखिएकाे छ ।’ जसले गर्दा कोहलपुरका व्यवसायीहरु नै असुरक्षित महशुस गरिरहेको अध्यक्ष पौडेलले बताए ।

विगत तीन महिनादेखि निरन्तर रुपमा चोरीका घटनाहरु भइरहेका छन् तर एउटा समेत चोरीका घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कारवाही नगर्नु प्रहरीको मिलोमतो हुन सक्ने आशंका गरिएको अध्यक्ष पौडेलले कोहलपुर टुडेलाई बताए ।

सोही विषयमा कोहलपुर टुडेसंग कुराकानी गर्दै इप्रका कोहलपुरका प्रमुख ऐन बहादुर मल्लका अनुसार कस्ले के भन्छ भन्दा पनि कस्ले कति गरेको छ भन्ने विषयमा तथ्थांक हेर्नुपर्छ, बाहिर कस्ले के बोले ? किन बोेले ? त्योे थाहा छैन तर काम भएको छ । एउटा मोवाईल चोरी भएको भन्दैमा असुरक्षित भन्ने हुँदैन होला मल्ले भने ।

याे पनि हेर्नुहाेस् 
कोहलपुरमा चोरीको विगविगी, प्रहरीको उदासिन्ता