कोहलपुरमा चोरीको विगविगी, प्रहरीको उदासिन्ता

दिनप्रतिदिन हुने चोरीका घटनाहरु बृद्धि भएका छन् तर उजुरी आउने गरेका छैनन् : इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐन बहादुर मल्ल

कोहलपुर ।

कोहलपुर नगरपालिकामा दिन प्रतिदिन चोरीका घटनाहरु वृद्धि हुँदै गइरहेको छ । आउँदै गरेको नेपालीहरुको महान पर्व दशै, तिहार नजिकिँदै गर्दा कोहलपुर नगरपालिकामा विभिन्न वडाहरुमा चोरीका घटनाहरु विगविगी भइरहेका छन् । शनिबार कोहलपुर नगरपालिकामा बजार अनुगमन, सरसफाई र चोरीका घटनाको विषयमा छलफल भएको थियो । छलफल कार्यक्रममा बाेल्ने अधिकांश बक्ताहरूले चाेरी र लुटपाटकाे घटनामा प्रहरीको उदासिन्ता रहेकाे बताएका थिए ।

यस्तै छलफल कार्यक्रममा नेपाली काँग्रेसका कोहलपुर नगरपालिका ११ का सभापति मोहन चापागाईले चोरीका घटनाहरुलाई कम गर्नका लागि राखिएको प्रहरीले तालमेल मिलाउन ठिक्क भएकै कारणले चोरीका घटना बढेको आरोप लगाएका थिए । चापागाँईले इलाका प्रहरी कार्यालयका प्रमुख ऐन बहादुर मल्ललाई प्रश्न गर्दै भने घुमुवा किन राखेको ?, के को लागि राखेको ? के कोहलपुरमा घुमुवा पैसा उठाउनका लागि राखेको हो ? खरो प्रश्न गरे । अहिले कोहलपुरमा दिनप्रतिदिनमा हातहतियार देखाउँदै लुटपाटका घटनाहरु भइरहेको बेलामा कोहलपुर प्रहरी सुतिरहेको जस्ता आरोप लगाएका थिए ।

उनका अनुसार भखरै कोहलपुर नगरपालिकाको ११ मा जुन मेन बजार रहेको नभ प्रभात घडी तथा मोवाइल पसलमा चोरी भयो । ‘असोज ५ गते कोहलपुर नगरपालिका वडा नं. ८ मा विरेन्द्र शाहीको घरमा १० तोेला सुन सहित २ लाख ५० हजार रुपैया लुटपाट भयो ।’ ‘फेरी हिजो मात्रै कोहलपुर नगरपालिका २ का २ घरमा १० हजार नगद सहित मोवाइल समेत चोरी भयो ।’ उनले भने । यि त प्रतिनिधि मुलक घटना मात्र हुन् ।

यस्तै कोहलपुर नगरपालिकाका वडा नम्बर ८ का अध्यक्ष लाल बहादुर रानाले आफ्नै वडामा हातहतियार देखाएर १० तोला सुन र २ लाख ५० हजार बढि रकम लुटपाट भएको घटनाले कोहलपुर अहिले त्रसित भइरहेको बताए । अहिले प्रहरीले चोरहरूलाई पक्राउ नगर्ने र पैसा उठाउन मात्र काम गर्छ भन्ने स्थानीयहरुको शंका नराख्न समेत अनुरोध गरेका थिए ।

यस्तै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले चोरीका घटनालाई न्यूनिकरण गर्नका लागि सबैको साथ सहयोग हुने बताएका थिए । ‘केही दिनदेखि कोहलपुरमा चोरीका घटनाहरु दिनप्रतिदिन बढिरहेका छन्, उनले भने ‘त्यसलाई न्यूनिकरण गर्नका लागि के कस्तो सहयोग आवश्यक पर्ने हो त्यसको सहयोग गर्न तयार छौं,।

यस्तै कोहलपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख विरेन्द्र कुमार शाहीले चोरीका घटनाहरुलाई न्यूनिकरण गर्नका लागि नगरपालिकाले के कस्तो सहयोग गर्नुपर्ने हो त्यसको लागि रहेको बताए ।

यस्तै इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐन बहादु मल्लले तीन देखि चोरीका घटनाहरु बढिरहेको बताएका थिए । ‘अहिले कोहलपुरमा रहेका प्रहरीहरु दैनिक ४ घण्टा मात्र सुत्ने गरी प्रत्येक प्रहरीले डिउटी गरिरहेको छ’ उनले भने, ‘प्रहरीले दैनिक कति काम गरिरहेको भनेर कार्यालयमा आएर हेर्नुहोला बाहिरबाट भनेर केही हुँदैन ।’ अहिले चोरीका घटनाहरु घटिरहेको बेलामा त्यसलाई न्यूनिकरण गर्नका लागि सबैको सहयोगको आवश्यक परेको प्रहरी प्रमुख डिएसपी मल्ले बताए ।

सो छलफल कार्यक्रमका कोहलपुर नगरपालिका १० का अध्यक्ष गौरा कुमारी भट्टराई, १ का अध्यक्ष बद्रिनाथ जैशी, नेपाली काँग्रेसका नगर सचिव बालकुमार शर्मा, नेकपा (माओवादी केन्द्र) का काव अध्यक्ष अविरल खड्का, होटल व्यवसायी संघका अध्यक्ष मोहन रिजाल, लगायत अन्य राजनितिक दलका प्रतिनिधिहरु समेत उपस्थिति रहेको थियो ।

कोहलपुर प्रहरी असफल

कोहलपुर नगरपालिकामा ३ दिनदेखि चोरी र लुटपाटका घटनाहरु बढिरहेका छन् । कोहलपुरका अधिकांश वडामा चोरीका घटनाहरु भइरहेको स्थानीयहरुले बताएका छन् । असोज महिनाको ५ गतेदेखि यता कोहलपुरमा चोरी र लुटपाटका घटनाहरु बढिरहेकोल कोहलपुर प्रहरी असफल भएको देखिन्छ । कोहलपुरका स्थानीयहरुले इप्रका कोहलपुरमा उजुरी समेत दिइसकेका छन् ।

कोहलपुर नगरपालिका वडा नं. ५ का स्थानीय रतन चन्दको केही दिन अगाडि मात्रै मोटरसाइकल सहित नगद रकम चोरी भएको थियो उनले प्रहरीमा उजुरी गरेका थिए ।

यस्तै वडा नं. ८ को विरेन्द्र शाहीको घरमा त झन हातहतियार सहित लुटपाट नै भयो । तर प्रहरीले अहिलेसम्म घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ समेत गर्न सकेको छैन । यस्तै गएराती कोहलपुर ११ मेन बजारमा एक मोवाइल पसल र कोहलपुर वडा नं. २ मा समेत नगद १० हजार चोरी भयो । चोरी र लुटपाटमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न नसकेकाे भन्दै स्थानिय, सर्वसाधारण र व्यवसायिहरू प्रहरीप्रति आक्रोश बड्दै गएको पाइएको छ ।

बदनाम घुमुवा प्रहरी !

कोहलपुरमा स्थानीयहरुले घुमुवा प्रहरीको बदनाम भइरहेको स्थानीयहरुले बताउँने गरेका छन् । कतिपय होटल, रेष्टुरेण्ट, लागुऔषध ओसार पसार गर्ने काममा पैसा उठाउने र अपराधलाई झन बढुवा दिएको भन्दै घुमुवा प्रहरीलाई बदनाम गरिएको स्थानीयले बताउने गरेका छन् ।

कोहलपुर नगरपालिकाका स्थानीय तथा नेपाली काँग्रेसका सभापति मोहन चापागाईले घुमुवा प्रहरी पैसा उठाउन राखेको भन्दै बदनाम भइरहेको बताएका थिए । तर बजारमा विभिन्न स्थानमा समेत स्थानीयहरुले हामीले दिएको सूचनाले झन घुमुवा प्रहरीकोे सेटिङ्ग मिलाउने र पैसा असुल्ने काममा बढि ध्यान गएको स्थानीयहरुले बताउने गरेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरमा घनश्याम केसी, शशि शाह, गोपाल खड्का लगायतका घुमुवा प्रहरी रहेका छन् ।

को हुन घुमुवा प्रहरी ?

सामान्य रुपमा बुझ्दा घुमुवा सादा पोशाकका प्रहरी हुन् । उनीहरुलाई गोप्य सूचना संकलन गरेर अपराध नियन्त्रण गर्ने उद्देश्यले राखिएको हो । तर, पछिल्ला वर्षहरुमा उनीहरु जिम्मेवारी छाडेर महिनावारी असुलीमा सक्रिय छन् । इञ्चार्जसमक्ष पैसा पुर्‍याउने विश्वासिलो माध्यम बनेका छन्, उनीहरु । सीमा नाकाबाट हुने चोरी, तस्करीमा उनीहरु जोडिँदै आएका छन् । घमुवा प्रहरी भनेर छुट्टै दरबन्दी हुँदैन । प्रहरी कार्यालयहरुको नेतृत्व गरेका अधिकारीहरुले आफू निकटका घुमुवा राखेर अनुकुलता अनुसार प्रयोग गर्दा उनीहरु बदनाम छन् ।

कहिलेबाट सुरु भयो घुमुवा राख्ने चलन ?

नेपाल प्रहरीमा घुमुवा प्रहरी राख्ने चलन ०३५ सालतिर दुर्लभकुमार थापाले नेपाल प्रहरी हाँकिरहेका थिए । थापा सूचना संकलनलाई फराकिलो बनाउने र अपराध अनुसन्धानमा मात्र नभइ अपराधको रोकथाममा पनि टेवा पुग्ने हिसाबले ‘जेनरल पुलिसिङ’ मा घुमुवा प्रहरी परिचालनलाई प्राथमिकतामा राखे । त्यसयता घुमुवा राख्ने चलन राखिएको देखिन्छ ।

त्यसवेला घुमुवाको प्रयोगले प्रहरीलाई अपराध अनुसन्धानमा धेरै सहयोग पुगेको पूर्वप्रहरी अधिकारीहरुको अनुभव छ । यद्यपि, घुमुवा प्रहरीसम्बन्धी कुनै संस्थागत निर्णय भने भएको थिएन । जसका कारण दिलबहादुर लामा ०३९ सालमा आईजीपी भएपछि घुमुवासम्बन्धी व्यवस्था प्राथमिकतामा परेन । त्यसयता घुमुवाबारे कुनै संस्थागत कदम चालिएको छैन । त्यसपछि नै हो, घुमुवा प्रहरीको दुरुपयोग हुन थालेको पनि । विस्तारै गाँजा खेती र तस्करीमा पनि घुमुवा प्रयोग हुन थाले । उनीहरुको संरक्षण र हामिकको आडमा सीमा नाकाहरुमा तस्करी बढ्यो । त्यहीक्रम बढ्दै जाँदा अहिले घुमुवा प्रहरीको स्थिति उद्देश्यभन्दा ठीक विपरित छ ।

याे पनि हेर्नुहाेस् ।

कोहलपुरमा बन्दुक देखाएर लुटपाट