रावन विश्वकर्मा, बर्दिया ।
बर्दियाको बाँसगढीमा कल्भटको पानीमा एक जना मृत अवस्थामा भेटिएका छन् । बाँसगढी नगरपालिका ६ सटरियाको अठघरुवा कल्भटको पानीमा मंगलबार एक व्यक्ति मृत अवस्थामा फेला परेका हुन ।
मंगलबार विहान ७ बजेको समयमा स्थानियले कल्भट मुनी पानी जमेको ठाँउमा मानिस डुवेको देखेपछि प्रहरीलाई खवर गरेका थिए । स्थानियको खवर सँगै प्रहरी घटना स्थल पुगेको थियो । प्रहरीका अनुसार कल्भटमा मृत भेटिएका व्यक्ति बाँसगढी ६ दमौली सोल्टीटोलका कृष्ण बहादुर विक रहेका छन् ।
मृत भटिएका विकको उमेर अन्दाजी ५५ बर्ष रहेको प्रहरीले जनाएको छ । उनको सव पोष्टमार्टमको लागि जिल्ला अस्पलात गुलरिया बर्दिया पठाएको ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीले जनाएको छ ।
घटनाको बारेमा अनुसन्धान भईरहेको र पोष्टमार्टम रिपोट आए पछि कसरी र किन मृत्यु भएको भन्ने बारे थप खुल्ने ईलाका प्रहरी कार्यालय मोतिपुरका प्रहरी निरिक्षक सन्तोष चन्दले जानकारी दिएका छन् ।
कृष्ण बहादुर विक दोस्रो स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट बाँसगढी नगरपालिका ६ नं वडाको सदस्य पदमा उम्मेदवारी समेत दिएका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्