कैलाली-२ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरूण कुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
नेकपा एमालेका उम्मेदवार झपट बहादुर रावललाई १३ हजार ७४३ मतान्तरले पराजित गर्दै चौधरी निर्वाचित भएका हुन् ।
चौधरीले २१ हजार ८७१ मत पाउँदा एएमालेका रावलले १६ हजार १२८ मत ल्याए ।
यस्तै माओवादी केन्द्रका उम्मेदवार भगतबहादुर बढुवालले १५ हजार ११६ मत मात्र ल्याए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ मंसिर ९ गते शुक्रबार












प्रतिक्रिया दिनुहोस्