कोहलपुरमा १६ दिने लैङ्गिक हिंसा विरूद्ध दिप प्रज्वलन हुँदै

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा १६ दिने लैङ्गिक हिंसा विरूद्ध दिप प्रज्वलन कार्यक्रम हुन लागेको छ ।

शुक्रबार कोहलपुर चौराह नजिकै कोहलपुर नगर स्तरीय युवा क्लब र बाल क्लबको आयोजनामा १६ दिने लैङ्गिक हिंसा विरूद्ध दिप प्रज्वलन कार्यक्रम हुन लागेको हो ।

दिप प्रज्वलन कार्यक्रम साँझ ५ बजेदेखि सुरु हुने भएकाेले सबै सराेकारवालाहरूलाइ उपस्थिति हुन कोहलपुर नगर स्तरीय युवा क्लबका अध्यक्ष रमेश वर अनुराेध गरेका छन् ।