कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी

धनगढी ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन्।

९ हजार ५९१ मत प्राप्त गरी देउवा प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गाप्रसाद जोशीले ६ हजार ३५१ मत प्राप्त गरे।

यस्तै क्षेत्र नम्बर ५ को प्रदेशसभा (१) मा नेकपा नेकपा माओवादीका रमेश धामी विजयी भएका छन्।

धामीले ९ हजार ३८७ मत प्राप्त गरी विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका नेपालु चौधरीले ९ हजार २६२ मत प्राप्त गरे।