बर्दिया क्षेत्र नम्बर १ को प्रदेशसभा (२) मा नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी निर्वाचित




बर्दिया ।
बर्दिया प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा (२) मा नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका भक्तबहादुर बिकलाई १ हजार ४७ मतान्तरले पराजित गरेका हुन् ।

चौधरीले १३ हजार २३० मत ल्याउँदा बिकले १२ हजार १८३ मत ल्याए ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रकी अन्जु दहितले ११ हजार ४९० मत ल्याइन् । स्वतन्त्रका सुभाष पोखरेलले २ हजार ६२० मत ल्याए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ९ गते शुक्रबार