देश संघीयतामा गएपछि स्थानीय तहको निर्वाचन भएको थियो । स्थानीय तहको निर्वाचनमा विभिन्न पार्टीबाट निर्वाचित भई जनताको सेवाका लागि जनप्रतिनिधिहरु आएका हुन् । जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीहरुको कोहलपुरलाई विकास र समृद्धि बनाउनेमा निकै ठुलो महत्वपूर्ण भूमिका रहेको हुन्छ । बाँकेका ८ वटै स्थानीय तहभन्दा कोहलपुर नगरपालिकाले निति तथा कार्यक्रम उत्कृष्ट निर्माण गरेको छ सोही अनुसार काम भइरहेको छ । जनताले जनप्रतिनिधिहरुलाई निति तथा कार्यक्रम निर्माण गरी कोहलपुर समग्र विकास र समृद्धिका लागि निर्वाचित गरेका हुन् । जनप्रनितिधिहरुले निर्माण गरेको सो निति तथा कार्यक्रमलाई पूर्ण रुपमा कार्यन्वयन गर्नका लागि प्रमुख प्रशासकिय अधिकृतको आवश्यक रहन्छ ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु १ वर्षभन्दा बढि बसकेको देखिदैन । कतिपय त ६ महिना नहुँदै सरुवा गर्दछन् । कार्यालय प्रमुखहरु निकै छोटो समयमा परिवर्तन भएपछि यहाँको निति तथा कार्यक्रमको पूर्ण रुपमा कार्यान्वयन हुन्छ त ! यसप्रति जनताले के बुझ्ने जनप्रनिधि र यहाँका राजनितिक दलहरुले किन चासो नलिने ! अब सबै सरोकारवालाहरुले चासो र बहसको विषय बन्नुपर्ने आवश्यक छ । कर्मचारीहरुले स्वतन्त्र रुपमा काम गर्न वातावरण बनाउन पर्दछ । राजनितिक दलहरुले गर्दा असहज वातावरण भएकै कारणले सरुवा गर्नुपरेको छ ।
यस्तै अन्य कर्मचारी र प्रमुख प्रशासकिय अधिकृतले पनि आफै नै काम गर्ने वातावरण छैन भन्दै सरुवा माग गर्छन् । अब काम गर्ने वातावरण कस्तो हुन्छ, यहाँका जनता र जनप्रतिनिधिहरुले कस्तो वातावरण हुनुपर्छ भन्ने विषयमा गम्भिर रुपमा लिनु आवश्यक छ । सबै कर्मचारीहरुलाई काममा सहज रुपमा काम लगाउन वातावरण तयार हुन आवश्यक छ । राजनीतिक दल, सरोकारवाला निकायसंगको समन्वयबाट काम गर्ने वातावरण बनाउन ध्यान जावस् । जसको कारण कोहलपुर नगरपालिकालाई राष्ट्रको नमूना, विकसित, सफल र सुविधा सम्पन्न नगरपालिका बनाउने सवालमा सबैको ध्यान जान अति आवश्यक रहेको छ । कर्मचारी र प्रमुख प्रकाकीय अधिकृत नेपाल सरकारले तोकिएको समयभित्र एउटै नगरपालिकामा बस्ने वातावरण भयो भने सोही नगरपालिकाको विभिन्न क्षेत्रमा गहन रुपमा अध्ययन गर्ने अवसर पाउने गर्दछन् । जसले गर्दा कोहलपुरको विकास र समृद्धि तिव्र रुपमा हुन्छ । तर कोहलपुर नगरपालिकामा लामो समयसम्म कर्मचारी र प्रमुख प्रशासकीय अधिकृतहरु टिक्दैनन् त्यसको कारण खोज ।
प्रतिक्रिया दिनुहोस्