काठमाडौं ।
धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका रामनाथ अधिकारी निर्वाचित भएका छन् ।
अधिकारीले नेकपा एमालेका खेमप्रसाद लोहनीलाई पराजित गरेका हुन् । उनले ३४ हजार ७८३ मत ल्याएर विजयी भएका हुन् । एमालेका लोहनीले २३ हजार ९५० मत पाए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी बसुमाया तामाङले पाँच हजार ५२५ मत पाइन् ।
यो क्षेत्रमा तीन हजार ३७३ मत बदर भएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ मंसिर ८ गते बिहीबार












प्रतिक्रिया दिनुहोस्