बाँके ३ ‘ख’ बाट कांग्रेसका बादशाह कुर्मी विजयी




बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ अन्तरगत पर्ने प्रदेश सभा–३ (ख) बाट नेपाली कांग्रेसका बादशाह कुर्मी निर्वाचित हुनु भएको छ । काँग्रेस नेता कुर्मीले एमालेका भीमबहादुर ओलीलाई दुई हजार ४८३ मतको अन्तरले पराजित गरेर निर्वाचित हुनुभएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका कुर्मीले १३ हजार ४३३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ओलीले १० हजार ९५० मत प्राप्त गर्नुभयो ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा) का विजयकुमार पाठकले ४ हजार ४५१ मत प्राप्त गरेर तेस्रो स्थानमा रहनुभयो ।

कुल ५१ हजार ७२६ मतदाता रहेको प्रदेश सभाको सो क्षेत्रमा ३३ हजार ७०३ मत खसेको थियो । उक्त क्षेत्रमा एक हजार ९८१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सो क्षेत्रबाट प्रदेश सभाका लागि नौ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । विजयी हुनुभएका कुर्मी सत्ता गठबन्धनका उम्मेदवार हुनुहुन्थ्यो भने ओली एमाले र राप्रपा गठबन्धनका उम्मेदवार हुनुहुन्थ्यो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ८ गते बिहीबार