ताप्लेजुङको निर्वाचन क्षेत्र (क) मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तिलकुमार मेन्याङ्बो निर्वाचित




ताप्लेजुङ ।
ताप्लेजुङको निर्वाचन क्षेत्र (क) मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार तिलकुमार मेन्याङ्बो निर्वाचित हुनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का प्रत्यासी खेमबहादुर वनेमलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा मेन्याङ्बो निर्वाचित हुनुभएको हो ।

अन्तिम मत परिणामअनुसार १२ हजार ७७२ मत प्राप्त गरी मेन्याङ्बो प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी वनेमले आठ हजार ७३३ मत मात्र पाउनुभएको थियो । उहाँहरुबीचको मतान्तर चारहजार ३९ रहेको छ । प्रदेश निर्वाचन क्षेत्र (क) मा कुल २६ हजार ४८० मत खसेको थियो ।

मेन्याङ्बो दोस्रो पटक सांसद पदमा निर्वाचित हुनुभएको हो । उहाँ यसअघि २०५६ सालमा यही क्षेत्र अर्थात ताप्लेजुङ निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित हुनुभएको थियो । यता, प्रत्यक्षतर्फको मत गणना सम्पन्न भएसँगै अब समानुपातिक तर्फको गणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ८ गते बिहीबार