भक्तपुरको क्षेत्र नम्बर १ मा नेमकिपाका सुवाल ३० हजार मतले अगाडि




भक्तपुर ।
भक्तपुरको क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) विपक्षीभन्दा तेब्बर अर्थात ३० हजार ८ सय २ मतले अगाडि बढेका छन् । बिहान सार्वजनिक भएको मत परिणामअनुसार नेमकिपाका प्रेम सुवालले ४२ हजार ७ सय ६० मत ल्याएका छन्।

नेमकिपालाई एमालेका नवराज गेलालले पछ्याइरहेका छन्। गेलालले १० हजार ९ सय ५८ मत पाएका छन्। तेस्रोमा राप्रपाका भरतबहादुर खडकाले ९ हजार ३ सय ३ मत पाएका छन्।

सता गठबन्धनकातर्फबाट माओवादीका उम्मेदवार सुनील गोठे सबैभन्दा तल छन्। उनी ५ हजार २ सय ८३ मतमा सीमित छन ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ८ गते बिहीबार