Kohalpur Today Header Ads

गोरखा–१ मा नेपाली कांग्रेसका बजगाईँ विजयी




गोरखा ।

गोरखा–१ बाट वाम–गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका  राजेन्द्र बजगाईँ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ । एमालेका केन्द्रीय सदस्य रामशरण बस्नेतलाई भारी मतान्तरले हराउँदै विजयी बन्नु भएको हो ।

बजगाईँको ३३ हजार ४ सय २८ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी बस्नेतले १६ हजार ७ सय ८५ मत ल्याउनु भएको छ । बस्नेत बजगाईँसँग  १६ हजार ६ सय ४३ मतान्तरले पराजित हुनु भएको छ  । २०७४ सालमा भएको निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा उहाँहरू बिच प्रतिस्पर्धा भएको थियो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

बाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका बस्नेतले कांग्रेस नेता बजगाईँलाई पराजित गर्दै प्रदेशमा सदस्यमा निर्वाचित हुनु भएको थियो । त्यसपछि गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्री बन्नु भएका बस्नेत यस पटकको निर्वाचनमा प्रतिनिधि सभा सदस्यको पदमा उम्मेदवार बन्न पुग्नु भयो । अहिलेको निर्वाचनमा भने बस्नेतलाई हराउँदै बजगाईँले बदला लिनु भएको छ ।

उक्त क्षेत्रमा ६० हजार ६ सय ३१ मत खसेको थियो ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ८ गते बिहीबार