सप्तरी ।
सप्तरी क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख)मा जनमत पार्टीका उम्मेदवार शम्भू साह विजय हुनुभएको छ । साहले १० हजार ८६२ मत प्राप्त गर्नुभएको छ ।
उहाँको निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विदेश्वर यादव (विक्की)ले १० हजार ८१४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मदन प्रसाद पराजुलीले जानकारी दिनुभयो । साह ४८ मतको अन्तरले यादवलाई हराउदै आफ्नो जीत सुनिश्चित गर्नुभएको हो ।
यसअघि मङ्गलबार सप्तरी दुईको दुईटै प्रदेशसभा तर्फको जीत जनमत पार्टीका पोल्टामा आइसकेको छ ।
क्षेत्र नम्बर २ को (क) मा जनमतका सतिषकुमार सिंहले १६ हजार ७३४ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी र एमाले तालमेलमा चुनाव लडेका शैलेन्द्रप्रसाद साहले आठ हजार २९२ मत ल्याउनु भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
यसैगरी, २ को (ख) तर्फ जनमतकै महेशप्रसाद यादवले १३ हजार ३२५ मत ल्याएर विजय प्राप्त गरेका हुन् । उहाँको प्रतिद्वन्दी लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादवले ७२३ मत प्राप्त गर्नुभएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्