रवि लामिछाने ७ हजारभन्दा बढी भोटले अगाडि




चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतले अग्रता लिइरहेका छन्।

पछिल्लो मत परिणामअनुसार २७ हजार ४ सय ९४ मत गन्दा रवि लामिछाने ७ हजार ३ सय ९२ भोटले अगाडि छन्।

उनले १३६४१ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ६२४९ मत ल्याएका छन्।

यहाँ नेपाली काग्रेसका उमेश श्रेष्ठ तेस्रो स्थानमा छन्। उनले ५९३५ मत ल्याएका छन्।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ७ गते बुधबार