नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका छन्। देउवाले २५ हजार ५३४ मत ल्याएका छन्।
यस्तै देउवासँगै चुनावी प्रतिस्पर्धामा होमिएका सागर ढकालले १३ हजार ४२ मत पाएका थिए।
स्वतन्त्र उम्मेदवार सागर ढकालको सुई चुनाव चिह्न थियो।
उनले देउवाविरूद्ध उम्मेदवारी दिएपछि यति मत ल्याउलान् भन्ने धेरैले आश गरेका थिएनन्। देउवाले ढकाललाई १२ हजार ४ सय ९२ मतले पराजित गरेका हुन्।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ मंसिर ७ गते बुधबार











प्रतिक्रिया दिनुहोस्