सप्ताहव्यापी खेलकुदमा उत्कृष्ट खेलाडीलाई पुरस्कृत




कोहलपुर ।

बाँकेको कोहलपुर १० मा रहेको तक्षशिला एकेडमीले सप्ताहव्यापी खेलकुद कार्यक्रम समापन गरेको छ ।

कार्तिक २७ गतेदेखि ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ सञ्चालन गरेको सप्ताहव्यापी खेलकुद कार्यक्रम मंसिर २ गते समापन गरिएको थियो ।

https://scontent.fktm9-2.fna.fbcdn.net/v/t1.15752-9/316153681_1190913645189992_4415916164124337011_n.jpg?_nc_cat=103&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=jsEqypzHDoUAX8mg0pO&_nc_oc=AQmlugFYyO03DBulCoRP3EOruUeV9UjcXWK1qBZqf855KzxLjpFt_oJqSUJHe5kunck&_nc_ht=scontent.fktm9-2.fna&oh=03_AdSHfJbzTqComdNabsglUSEWK2YuwHqU2f_pMcD1RWGTOQ&oe=63A42634

खेलकुदमा नर्सरी देखि कक्षा १० सम्मका बाल बालिकाहरुले सहभागिता रहेको विद्यालयका अध्यक्ष बिष्णु बेल्बासे जानकारी दिए ।

यस्तै मंगलबार(आज) एक समारोहमा फिल्डका खेल लगाएत अन्य खेलमा सर्वोउत्कृष्ट हुने करीब ५ दर्जन बालबालिकाहरुलाई बिष्णु बेल्बासेले ट्रफि, मेडल तथा प्रमाणपत्र सहित पुरस्कृत गरेका थिए ।

https://scontent.fktm9-2.fna.fbcdn.net/v/t1.15752-9/316368747_665078605017853_1288279867702274215_n.jpg?_nc_cat=109&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=bvJgawgleRcAX-G0rbP&tn=R4egi5GaXiJfaO0E&_nc_ht=scontent.fktm9-2.fna&oh=03_AdSzRRLFPKr4SFsUyIROgbgCP0sPd75DiPf2gix19kZDxA&oe=63A43CC2

कार्यक्रममा बोल्दैै कार्यवहाक प्रानाध्यापक पुरुषोत्तम शर्माले बालबालिकाको चौथर्पी विकास गर्नका लागि विभिन्न समय समयमा फरक फरक किसिमका ज्ञान, सिप दिनुपर्ने र अध्ययन अध्यापनमा समेत विशेष ध्यान दिइरहेको बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ६ गते मंगलबार