Kohalpur Today Header Ads

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने उपसचिवसहित आठविरुद्ध आरोपपत्र दायर




अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन उपसचिव परशुराम अधिकारी, मालपोत अधिकृतसहित आठ जनाविरुद्ध सरकारी जग्गा व्यक्तिको नाममा कायम गराई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंले नेपाल सरकारको नाममा कायम जग्गा व्यक्तिको नाममा दर्ता गरि भ्रष्टाचार गरेको भन्ने उजुरीका सम्बन्धमा आयोगले अनुसन्धान गर्दा सरकारको नाममा बाटो कायम भएको काठमाडौं महानगरपालिका साबिक वडा नम्बर १६ कित्ता नम्बर १३९९ क्षेत्रफल ९१.३१ वर्गमिटर जग्गा
भक्तरत्न तुलाधरको नाममा कायम गर्ने निर्णय गरेको आरोप छ ।

LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ६ गते मंगलबार