प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रतालाई फराकिलो तुल्याएका छन् ।
३२ हजार ९२५ मत गणना हुँदा ओलीले १६ हजार ३३६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ९ हजार ६३७ मत पाएका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ३ हजार ८६ मत पाएका छन् भने जनमत पार्टीका भीम राजवंशीले एक हजार १७२ मत पाएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ मंसिर ६ गते मंगलबार











प्रतिक्रिया दिनुहोस्