स्याङ्जामा मृत्यु भइसकेका ४७ जना व्यक्तिको नामबाट मतदान भएको दाबी




गण्डकी ।
स्याङजाको चापाकोटमा कांग्रेसले बुथ कब्जा गरेर मतदान गरेको भन्दै एमालेलगायतका दलहरुले विरोध गर्दा मतगणना हुन सकिरहेको छैन ।

मृत्यु भइसकेका ४७ जनाको नामबाट कांग्रेसले बुथ कब्जा गरेर मतदान गरेको एमालेको दाबी छ । उक्त विषयमा विवाद भएपछि मतगणना हुन सकिरहेको छैन । यो मतदान केन्द्र स्याङ्जा क्षेत्र नम्बर २ मा पर्छ ।

यस्तै, विदेशमा गएकाहरूकाो नामबाट पनि मतदान गरिएको एमालेले दाबी गरेको छ ।

चुनावको दिन स्याङजाको चापाकाेट नगरपालिका-१ आँधीचाैघेरास्थित भानु मावि मतदान केन्द्रमा कांग्रेस र एमालेका प्रतिनिधिबीच विवाद भएपछि प्रहरीले हवाइ फायर समेत गरेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ६ गते मंगलबार