धनकुटा ।
धनकुटा नगरपालिका ९ बेलाहारामा शंकास्पद वस्तु फेला परेको छ । बेलाहारामा रहेका प्रहरी चौकी भन्दा झण्डै डेढ किलोमिटर उत्तरमा शंकास्पद वस्तु फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीले शंकास्पद वस्तु फेला परेको स्थानमा नेपाली सेनाको डिस्पोजल टोली परिचालन भइसकेको जानकारी दिए । शंकास्पद वस्तु बम नै हो या तर्साउन राखिएको वस्तु मात्रै हो भन्ने यकिन नभएको उनले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार











प्रतिक्रिया दिनुहोस्