Kohalpur Today Header Ads

निर्वाचन आयोगको लापरबाही




निर्वाचनको लागि देशभर ९५ प्रतिशत स्थानका मतदान केन्द्रहरु विद्यालयमा राखिएको थियो ।

विद्यालयमा राखिएका मतदान केन्द्रमा खासै कुनैपनि असुविधा भएको देखिएन । विहान ७ः०० देखि ५ः०० सम्म आम मतदाताले मतदान गरेका थिए । मतदान स्थलमा निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षा निकाय, पर्यवेक्षक तथा मतदाता रहेका थिए ।

मतदान केन्द्रमा २ गतेदेखी बसेको मतदान अधिकृत लगायतको टोलिले खाने, बस्ने गरेको त ५ गतेको मतदानको लागि स्थानको व्यवस्था गरेको थियो ।

LIfe Ok

५ बजे मतदान सकियो मतपेटिका लिएर हिडे तर विद्यालयमा गरिएको फोहोर र अनावश्यक चिजवस्तु हटाउने ध्यान गएको देखिएन । के विद्यालय सरकारका संस्था हुन तर निर्वाचन टोलिले किन ध्यान दिन सकेन ।

विद्यालय शान्ति क्षेत्र मात्र होइन विद्यालय सरस्वतीको मन्दिर हो जहाँ जहिले पनि सफा सुन्दर र शान्त हुनुपर्छ यो कुरामा निर्वाचन आयोगको ध्यान किन गएन । आफुले खटाएको कर्मचारी लाई किन दिन सकेन निर्देशन ।

कोहलपुर स्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक जय बहादुर विस्टले ूनिर्वाचन आयोगले मतदान स्थलको रुपमा प्रयोग भएको विद्यालयको सरसफाइको जिम्मेवारी लिनुपर्छ। बालबालिकाको घर हो विद्यालय। कुरूप पारेर जान मिल्दैनू यस खालका गतिविधि सबै विद्यालय भएको विस्ट वताउछ्न ।

अरुबेला आचार संहिताको ढोल फुक्ने निर्वाचन आयोग र शान्ति सुक्षाको प्रत्याभूति दिने सरकारको ध्यान कता गयो । आज हरेक मतदान केन्द्र भएका विद्यालय मात्र होइन शिक्षण संस्था कलेजको अवस्था पनि फोहोरमय छ त्यो सरसफाइ गर्न दायित्व कसको हो सम्बन्धित संस्था वा निर्वाचन आयोग । निर्वाचन आयोगको यो कमजोरी आउने दिनमा गल्ती गर्नु हुदैन ।

सबै निकायले आ आफ्नो जिम्मेवारी पुरा गरि शिक्षण संस्थामा गरिएको फोहोर सफा गरेर जानू पर्नेमा किन जान सकेन यस तर्फ सबैको ध्यान जावस भन्नेमा शिक्षण संस्थाका प्रधानाध्यापक रहेका छ्न । निर्वाचन आयोगको यो गैरजिम्मेवार भएको देखिन्छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार